लडाइँको मैदानमा पनि पत्नीलाई प्रेमपत्र, नेपोलियनका प्रेमपत्र ६ करोड ६८ लाख रुपैयाँमा लिलाम

लडाइँको मैदानमा पनि पत्नीलाई प्रेमपत्र, नेपोलियनका प्रेमपत्र ६ करोड ६८ लाख रुपैयाँमा लिलाम

एजेन्सी, २३ चैत । फ्रान्सका नेपोलियन बोनापार्टले आफ्नी पत्नी जोसफिनलाई लेखेका तीन प्रेमपत्र कूल ५,१३,००० यूरो (५७५,००० अमेरिकी डलर) अर्थात ६ करोड ३६ लाख ८० हजार नेपाली रुपैयाँमा बिहीबार लिलाम गरिएको छ ।

तीनवटै पत्र सन् १७९६–१८०४ का बीच नेपोलियनले लेखेका थिए । नेपोलियन युद्धरत अवस्थामा पनि आफ्नी जोसफिनलाई सम्झन्थे । पत्नीलाई असीम प्रेम गर्थे ।

भनिन्छ, लडाइँको मैदानमा पनि पत्नीलाई प्रेमपत्र लेख्ने गर्थे । र, आफ्ना सिपाहीलाई पत्र दिन अह्राउँथे ।

तर, जोसफिनले उनका पत्रलाई कहिल्यै गम्भीरतासँग लिइनन् । बरु सदैव पत्रलाई मजाक बनाउँथिन् ।

यी पत्र १७९६ मा इटली अभियानका बेला लेखिएका थिए । एउटा पत्रमा नेपोलियन बोनापार्टले लेखेका छन्, “मेरी प्यारी संगिनी, तपाईंका तर्फबाट मलाई कुनै पत्र आएन, अवश्य केही महत्वपूर्ण कुरा चलिरहेको हुनुपर्छ ।

त्यसैले आफ्नो श्रीमान्लाई बिर्सिनुभयो होला । काम र अत्यन्त थकानका बीचमा पनि केवल तपाईंको सम्झना आउँछ ।”

जब यी दुईका बीच प्रेम कहानीको शुरुआत भयो त्यसबेला नै बिस्तारै एक–अर्काबीच जीवनसाथी हुने मन बनाइसकेका थिए । दुवै विवाहका लागि तयार नै थिए । त्यसै बखत उनीहरूका बीचमा एक अड्चन आएको थियो ।

नेपोलियन बोनापार्ट आफूलाई सम्राट् घोषणा गर्ने सोचमा थिए । त्यसैले उनले जोसफिनलाई आफ्नी साम्राज्ञी घोषणा गर्न चाहन्थे । तर, जोसफिन यसका लागि तैयार थिइनन् । उनी क्याथोलिक थिइनन् ।

उनीलाई देखावटी विवाहका लागि मन्जुर थिएन । उनी आफ्नै तरीकासँग विवाह गर्ने अडानमा थिइन् ।

केही समयका लागि सबैलाई लागेको थियो– उनीहरूको वैवाहिक सम्बन्ध जोडिदैन कि तर, केही समयपछि सबै कुरा मिल्दै गयो ।

जोसफिनलाई मनाउनमा नेपोलियन सफल भए । नेपोलियन २६ वर्ष र जोसफिन ३२ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएर सधैँका लागि एकअर्काको भए ।

यसपछि नेपोलियनले आफूलाई सम्राट् घोषणा गरे जोसफिनलाई साम्राज्ञी घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्