विराटनगरकी प्रतिभाको उद्यम यात्रा : संघर्षको मैदानमा ६ जनालाई रोजगार, करोडौँ भित्र्याउने दाउ

विराटनगरकी प्रतिभाको उद्यम यात्रा : संघर्षको मैदानमा ६ जनालाई रोजगार, करोडौँ  भित्र्याउने दाउ

विराटनगर, १६ चैत ।
प्रतिभा रिजालको जन्म विराटनगरमा भयो । उनले विराटनगरकै अरनिको विद्यालयमा बिद्यालयमा पढिन् । स्नातक विराटनगरको कोशी कलेजबाट गरेकी हुन् । प्रतिभा सानै देखि ब्यवसायी बन्ने सोचमा थिइन् । प्रतिभाले बिराटनगरमा नै बुट्टेदार मैनवत्ती बनाउने काम गर्थिन् । कक्षा ११ र १२ मा पढ्दै गर्दा दुई जना साथी मिलेर मिलेर मैनवती बनाउने काम थाले । एक–एक हजार जम्मा गरेर शुरु गरेको मैनवती बनाउने काम उनका लागि बजारसम्म पुर्याउन नसक्दा सिकाई मात्र बन्यो । उनीहरुले धरानसम्म नै लगेर बच्ने काम गर्थिन । उनलाई साथ दिएकी थिईन् समता कोचरले ।

उनको हजुरबुबा नै उद्यममा थिए भने प्रतिभाका बुबा केदार रिजाल पनि उद्योगी नै ह्ुन् । उनलाई पारिवारिक अबस्थाले पनि उद्यमशिलता तर्फ अग्रसर गरायो । स्नातकोत्तर गर्दै गर्दा उनको विवाह भयो र उनी विवाह सकेर श्रीमानसँग दिल्ली गईन् ।
उनले दिल्लीमा पनि ब्यवसाय नै गर्न सिकिन् । पारिवारिक अबस्था सम्पन्न भएकोले पनि उनलाई पैसाको त अभाव थिएन् नै तर पनि आफैँले केही गर्नु पर्छ भन्ने भावना उनमा थियो । पढार्ईको सिलसिला सकेर जब उनी नेपाल फर्किईन्, उनलाई त्यतिकै बस्नै मन लागेन र उनले पानी उत्पादक कम्पनीमा नै काम गर्न थालिन् ।
घर परिवारका सबै सदस्य जागिर खानु पर्छ भन्ने मान्यताबाट अगाडी बढेकोले प्रतिभाले पनि जागिर नै खानुपर्छ भन्ने ठान्थे । तर प्रतिभा जागिर खान भन्दा ब्यापारमा फाईदा देख्थिन् ।
संघर्षको यात्रा
कक्षा ११ मा पढ्दा देखि नै उद्यमशिलतालाई मन पराएकी उनले मैनवती, कुसन–कभर, बेड कभर, पानीको फ्याक्टी संचालन गरिन् । र पछि मात्र नुडल्स एमएमएन उद्योग संचालनमा हात हालेकी हुन् ।
उनले विगत ५ बर्षदेखि एमएमएन नुडल्स उद्योग संचालन गर्दै आएकी छिन् । उनी उद्यमी बन्नुलाई रमाईलो मान्छिन् । उद्यमी बन्ने सानै देखिको चाहना भएकी प्रतिभा अहिले संघर्षको मैदानमा छिन्् । उनले उद्योग संचालनमा ल्याएपछि शुरुमा १ जना मान्छे राखेर काम थालेकी थिईन् । अहिले उनको उद्योगमा ६ जना कामदार छन् ।
उद्यम त संचालन गरिन् तर बजारले हेर्ने दृष्टिकोण नै फरक थियो । उनलाई बजारमा प्रवेश पाउनै मुस्किल भयो । बाहिरका उत्पादित सामाग्री किन्न रुचाउने तर बिराटनगरमै उत्पादन भएको बस्तु तथा सामाग्री किन्नै नरुचाउने चलनले उनलाई बिचैमा फ्याक्ट्री नै बन्द गर्ने की भन्ने पनि लाग्यो ।
दिल्लीबाट मेसिन ल्याएर काम थालेकी प्रतिभाले त्यो मेसिन कामै नलाग्ने अबस्थामा पुग्यो । त्यसपछि, बिराटनगरमै अर्को मेसिन किनिन् त्यसले काम त पर्यो र गुणस्तरमा ध्यान दिनुपर्ने थियो र उनले फेरी कोलकाताबाट अर्को मेसिन ल्याईन ।
आफैले केही गर्नु पर्छ भनेर ब्यवसायमा लागेकी प्रतिभालाई पारिवारिक साथ भएपनि ब्यापारमा निक्कै नै समस्या भयो । मैनवती बनाउने क्रममा साथिसँग कुरा नमिल्दा समस्या पर्ने रहेछ भन्ने सिकेकी उनले नुडल्समा एक्लैले १५ लाख लगानी गरिन् र एक्कैले चलाउन सकिन्छ भन्ने उदाहरण बनेर देखाईन् ।
प्रतिभाले भनिन्, ‘एउटै ब्यवसायमा सफल हुन नसक्नुको कारणमा उत्पादित सामाग्री घर भित्रै मात्र सिमित रहने तर बजारमा लग्न नसक्दा सिप नै परिवर्तन गर्नुपर्यो ।’
घरेलु उत्पादनमा लेवल
उनले बजारमा आफ्लाई उभ्याउन भन्दा पहिलासम्म विना लेवलका चाउमिन, थुप्पाको बजार थियो । त्यो लेवलको ब्यवस्थापनको कामको शुरुवात आफुले नै गर्नु पर्छ भन्ने लागेर शुरु गरेको उनको अनुभव छ । ‘केही गर्ने हो भने त्यसका लागि बजारमै जानु पर्ने रहेछ भन्ने नै लाग्यो, उनले भनिन्, त्यही भएर आफैँ बजारमा भिडेको छु ।’
पहिलो पटक दिल्लीमा नुडल्सको बारेमा सिकेर आएकी प्रतिभालाई उनका श्रीमानले फ्याक्ट्री खोल्न सहयोग गरे । ९ महिना फ्याक्टी खोल्ने बेलामा मात्र बसेपछि उनका श्रीमान काठमाडौमा कामको सिलसिलामा फर्किए, त्यसपछि उनी एक्लैले संघर्ष गर्नुपर्यो । उनी बिराटनगरको तिनपैनीमा नै बसेर उद्यम चलाउन थालिन् । उनका श्रीमान निजी कम्पनीमा जागिरे छन् । शुरुमा रमाईलोका लागि नै फ्याक्ट्री संचालन गरेको बताएकी प्रतिभाले जव बजारमा उत्पादन पठाउन थालिन् त्यसपछि यो अनिवार्य जस्तै भएको सुनाईन् ।
महिलाहरु सबल बन्नका लागि उत्पादनशिल क्षेत्रमा लाग्नै पर्ने तर्क प्रतिभाको छ । तर त्यहाँसम्म पुग्नको लागि पनि समस्या रहेको उनले बताईन् । उनले पनि बिगत ४ बर्षसम्म निक्कै नै चुनौति मोलिन् । पहिलो कुरा उनलाई १५ लाख निकाल्न समस्या थियो । भएको रकमले उद्योग खोलेर संचालनमा ल्याएपनि महिलाको नाममा ऋण लिनु पर्दा पनि समस्या हुने गरेको उनले बताईन् । तर उद्यमीकालागि सरकारी नियम भने उद्योगलाई सहयोग गर्ने खालको रहेको उनको तर्क छ।
उनले भनिन्, ‘म राम्रै परिवारमा जन्मिएर हुर्किएकी महिला हुँदा त गाह्रो छ, अझ नयाँ महिला आउने हो भने त निक्कै नै अप्ठेरो छ ।’ उद्यम गर्ने महिलालाई घरका परिवार, श्रीमान् र आमाबुबाको पनि साथ हुनु पर्ने बताईन् ।
उद्योग संगठन मोरङमा कार्यकारीणी सदस्यको रुपमा रहेकी प्रतिभाले महिला उद्यमीलाई अगाडी ल्याउने काममा पनि भुमिका खेलेकी छिन् । उनले भनिन्, ‘ईच्छा गर्नु पर्यो, अहिले धेरै संभावना छ ।’
उनले १५ लाखबाट शुरु गरेको लगानी अहिले २५ लाख नाघेको छ । उनले शुरुका दिनहरुमा घाटा ब्यहोर्नु पर्यो । त्यो बेलाको संघर्षलाई भुल्दै गईन्, तर अहिले चै धेरै नै चुनौतीपुर्ण हो जस्तो लाग्छ । तर त्यो चुनौती समाधान पनि भईहाल्छ भन्ने उनको अनुभव छ । उनले लगानी अहिले बढाएकी छिन् ।
उनले विराटनगरमा एमएमएन उद्योग संचालन गर्दै आएकी त छिन् नै काठमाडौँमा समेत देशभा बिभिन्न क्षेत्रका उद्यमी महिलाले उत्पादन गरेका सामाग्री संकलन केन्द्र संचालनमा ल्याएकी छिन् । महिला उद्यमीका उत्पादनलाई प्रवद्र्धन गर्नका लागि यो एउटा महत्वपुर्ण हुने उनले आशा लिएकी छिन् ।  प्रस्तुती: सुमन सुस्केरा/विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्