उदयपुर र मोरङमा लागुऔषध सहित ७ प्रक्राउ, रङ्गेलीमा मात्र ५ जना प्रहरी नियन्त्रणमा

उदयपुर र मोरङमा   लागुऔषध सहित ७  प्रक्राउ, रङ्गेलीमा मात्र ५ जना प्रहरी नियन्त्रणमा

विराटनगर, २३ चैत ।  उदयपुर र मोरङका २ छुट्टाछुटै स्थानबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार राती ईलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका-२ बाट २ वटा मोटरसाईकल सहित ५ जनालाई पक्राउ गरेको हो ।

गस्तिमा रहेको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आऊँदै गरेको बा ६५ प ७५६९ र को २६ प ५२०४  नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा माेटरसाईकल सहित ४ जनालाई पक्राउ गरेकाे हाे । यसरी पक्राउ पर्नेमा  बेलवारी नगरपालिका-९ का ३० बर्षीय सुमन राई, २७ बर्षीय सनिम राई, २१ बर्षीय आदेश राई, लेटाङ नगरपालिका-३ का २९ बर्षीय बिष्णु नेपाली र २३ बर्षीय शान्तिराम काफ्ले रहेका छन्।  उनीहरुकाे साथबाट ३२ ट्याव्लेट स्पासप्रोकोन प्लस नामको लागुऔषध फेला पारेको प्रहरीले जनाएकाे छ ।  लागुऔषध सहित पक्राउ परेका ५ जनालाई नै ईलाका प्रहरी कार्यालय रङगेलीमा राखि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएकाे छ ।

यसैगरी प्रहरी चौकी लालपत्ता उदयपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । चेकजाँचमा खटिएको प्रहरी टोलीले स ६ प ९३५५ नम्बरको मोटरसाईकललाई  चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार  त्रियुगा नगरपालिका-१२ का २३ बर्षीय बिष्णु तामाङ र १८ बर्षीय आषिश चौधरीको साथबाट नोर्फिन १५, डाईजेल्याव १७ र फेनारागन १६ एम्पुल बरामद गरेको हाे। लागु औषध सहित पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्