जुवा खेल्ने कुखुराकाे भाले पक्राउ

<span class='c1'>जुवा खेल्ने कुखुराकाे</span> <span class='c2'>भाले पक्राउ</span>

एजेन्सी, २३ चैत ।  गत वर्ष भारतमा एउटा गधा पक्राउ गरी हिरासतमा थुनिएको खबर आएकेा थियो । गधा पक्राउको किर्तिमान तोड्दै भारतले हालै कुखुराका भाले पक्राउ गरेको छ ।

भारतको हरियाणामा हालै ६ वटा कुखुरा पक्राउ परेका छन् । पुलिसले ती कुखुरालाई पक्राउ गरी हिरासतमा राखेको हो ।पुलिसले कुखुरा पक्राउ गर्नुको कारण चाहीँ रोचक नै छ । वास्तवमा ती कुखुराका भालेलाई स्थानीय एक समूहले जुधाएर जुवा खेलाउने गरेको थियो ।

भाले जुधाएर जुवा खेल्ने गरिएको उजुरी पुलिसमा परेपछि पुलिसले त्यस्तो कार्यमाथि निगरानी सुरु गर्यो । त्यसपछि एकदिन पुलिसले कुखुरा जुधाएर जुवा खेलाउने समूहलाई पक्राउ गर्यो । त्यसक्रममा उक्त स्थानमा रहेका ६ वटा कुखुराका भाले पनि पक्राउ गरिएको हो । जुवाडेहरुबाट नगद र गाडीहरु समेत बरामद गरिएको छ ।

पक्राउ गरिएका कुखुराका भालेको स्वामित्व कसैले नलिएसम्म ती भालेहरुलाई पुलिस चौकीमै राखिने बताइएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्