विराटचाेककी रमिला हत्या प्रकरण : मुख थुनेर प्रेमिकाको हत्या, प्रेमी जेल चलान

<span class='c1'>विराटचाेककी रमिला हत्या प्रकरण : मुख</span> <span class='c2'>थुनेर प्रेमिकाको हत्या, प्रेमी जेल चलान</span>

विराटनगर, २३ चैत । मोरङको बेलबारी ४ की २८ वर्षीया रमिला राईको हत्या आरोपमा योगेन्द्र गुरुङ पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्ला अदालत मोरङले गुरुङलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। जिल्ला अदालत मोरङको श्रेस्तेदार ईश्वरमणि ओझाको इजलाशले शुक्रबार गुरुङलाई पुर्पक्षको लागि थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको हो। प्रहरीले अदालतमा पेश गरेको वयानमा गुरुङले दश मिनेटसम्म मुख थुनेका कारण रमिलाको मृत्यु भएको उल्लेख छ। घटना भएका दिन राति गुरुङ र रमिलासहित चार जना बसेर दुई बोतल रुस्लान भोड्का पिएका थिए। रमिला र गुरुङसँगै बस्ने योजनासहित अरुलाई घर पुर्‍याएर फर्किने क्रममा दुई जनाबीच विवाद भएको थियो।

घरको बरण्डामा आइपुगेपछि रमिलाले अचानक हल्ला गर्न थालेपछि गुरुङले मुख थुनेर भित्र लगेका थिए। घरभित्र पुर्‍याएर धलेल्दा ढोकाको चौखटमा ठोक्किएर रमिलाको निधार काटिएको र हल्ला गर्न नछोडेपछि काखमा राखेर दुवै हातले मुख थुनिदिएका थिए। दश मिनेटपछि रमिलाको मृत्यु भएको गुरुङले प्रहरीलाई बयान दिएका छन्।

घटना विवरण

राई र गुरुङबीच करिब ६ वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो। फागुन १७ गते साँझ रमाइलो गर्ने भन्दै योगेन्द्र रमिलासँगै थप दुई जना साथी लिएर रेस्टुरेन्ट जाने योजना बनाए।

योगेन्द्रको बा.१५ च. ७९१६ नम्बरको आइट्वेन्टी कारमा विराटचोकस्थित हवाना रेस्टुरेन्ट पुगे। रक्सी पिउँदै नाचगान गर्दै झण्डै ११ बजे उनीहरु घर फर्किए। साथमा रहेका जलिना राई र  बिक्रम राईलाई गन्तव्यमा पुर्‍याएपछि योगेन्द्र रमिलालाई लिएर साढे ११ बजे आफ्नो घर फर्किए। रमिला मदिराको नशामा थिइन्। जहिले रमाइलो गर्ने मात्र होइन विवाह गर्नुपर्छ भन्दै रमिलाले हल्ला गरेपछि छिमेकीको डरले योगेन्द्रले मुख थुनिदिए। भित्र लगेर धकेँले। त्यसपछि पनि हल्ला रोकिएन र उनले १० मिनेटसम्म मुख थुनेर बसे। रमिलाको त्यहि क्रममा ज्यान गयो। उनले शवलाई गाडीमा राखेर कोशी नदीमा लगेर ब्यारेजको २९ नम्बर ढोकाबाट फालिदिएका थिए। रमिलाको शव प्रहरीले चैत १६ गते सप्तकोशीमा फेला पारेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्