विराटनगरको आर्दश माध्यामिक बिद्यालयमा विद्यार्थीको भिड, एक हजार ५ जनाले प्रवेश परीक्षा दिए

<span class='c1'>विराटनगरको आर्दश माध्यामिक बिद्यालयमा विद्यार्थीको भिड, एक</span> <span class='c2'>हजार ५ जनाले प्रवेश परीक्षा दिए</span>

विराटनगर, २३ चैत ।
विराटनगर ७ मा रहेको आर्दश मध्यामिक बिद्यालयमा नयाँ शैक्षिक सत्र २०७६ को लागि सोचे भन्दा चारगुणा विद्यार्थी भर्ना हुन आएका छन् ।

विद्यालयले शनिबार राखेको प्रवेश परीक्षा दिन एक हजार ५ जनाले प्रवेश परीक्षा दिएका छन् ।
कक्षा १ देखि ९ सम्म पढ्नको लागी विद्यर्थीहरुले फारम भरेका थिए । बिद्यालयबाट एक हजार एक सय दुई जनाले फारम लगेको विद्यालयका प्राचार्य तुलसी दुलालले जानकारी दिए ।
न्यून शुल्कमा गुणस्तरीय पठन– पाठन गराउँदै आएको विद्यालयले २०७२ सालदेखि अंग्रेजी माध्ययबाट अध्यापन गराउदै आएको छ । विद्यालयले पहिलो वर्ष अग्रेजी माध्ययममा ३ सय विद्यार्थीबाट पठन पाठन शुरु गरेको थियो ।
विद्यालयले अग्रेजी माध्ययमा पढाई शुरु गरेदेखि विद्यार्थीको चाप बढ्न थालेको छ । शनिबार कक्षा ९ मा २ यस ७३ , कक्षा ८ मा २ सय ७२ , कक्षा ७ मा १ सय४ र कक्षा ६ मा १ सय ३८ विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए ।
वि.सं. १९८६ मा स्वः पिताजी कृष्णप्रसाद कोईरालाले स्थपना गरेको विद्यालयबाट पढेका विद्यार्थीहरु मन्त्री देखि प्रधानमन्त्री सम्म भईसकेका छन् । विद्यालय १ विघा १७ कठठा ३ धुर जग्गामा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्