विराटनगरको कोशी बिद्या मन्दिर स्कूल अभिभावक पढाउँदै

<span class='c1'>विराटनगरको कोशी बिद्या मन्दिर</span> <span class='c2'>स्कूल अभिभावक पढाउँदै</span>

विराटनगर, २३ चैत ।
विराटनर–१० मा रहेको कोशी विद्या मन्दिर विद्यालयले २५ औ वर्ष प्रवेश गरेको अवसरमा अभिभावक पुर्नशिक्षा कार्यक्रमको आयोजना गरेको छ । शनिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरि विद्यालयले अध्ययनरत विद्यार्थीका अभिभावकविच अभिभावक पुनर्शिक्षा कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा यूकेजीदेखि कक्षा ९ सम्म अध्ययनर विद्यार्थीका २ सय ५५ जना अभिभावकहरु सहभागि रहेको विद्यालयले जनाएका छ । दुइदिनसम्म चलेको कार्यक्रमको सहजिकरण शिक्षाविद रामनारायण पाण्डेले गरेका थिए । शिक्षाविद पाण्डेले अभिभावक पहिला आफु सुध्रिनु पर्ने बताउँदै आफुलाई नसुधारेसम्म आप्mना नानीहरुलाई सुधार्न नसक्ने दाबी गरे ।
विद्यालयका निर्देशक राजेशकुमार दासले २५ वर्षे इतिहासमा सयौँ विद्यार्थीहरुलाई असल नागरिक बनाउँन सफल भएकोले दाबी गरे ।
विद्यालयका प्रिन्सिपल धिजनबाबु काप्mलेले अभिभावकका लागि गरिने यस्ता उत्प्रेरक कार्यक्रमले अझ उत्साहित बनाएको बताए । सोही अवसरमा बिद्यालयले अभिभावकलाई सम्मान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्