नेपाल आइडल रवि ओडको पहिलो गीत ‘मिठो बोलीले…’ सार्वजनिक

<span class='c1'>नेपाल आइडल रवि ओडको पहिलो</span> <span class='c2'>गीत ‘मिठो बोलीले…’ सार्वजनिक</span>

काठमाडौं, २४ चैत ।  दोस्रो नेपाल आइडल तथा गायक रवि ओड आफ्नो सांगीतिक जीवनकै पहिलो औपचारिक गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन्। शुक्रबार यूट्युबमार्फत सार्वजनिक भएको ‘मिठो बोलीले...’ गीतको म्युजिक भिडियो मार्फत् उनी आएका हुन्।

नृत्यपरक उक्त गीतमा संगीतकार हरि लम्सालको संगीत निर्देशन छ। गीतका संगीत संयोजक पनि संगीतकार लम्साल नै हुन्।

कृष्ण केसीले रचना गरेको सो गीत अकेस्टिक स्टुडियोमा रेकर्ड गरिएको हो। उक्त गीतलाई चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

शिव बिकेको कोरियोग्राफी तथा निर्देशनमा उक्त तयार भएको भिडियोमा अभिनेत्री एलिशा राई तथा गायक रवि ओड नै फिचर्ड छन्।

सुप्रिम पराजुलीले भिडियो सम्पादन गरेका हुन्  भने रामेश्वर कार्की छायाँकार हुन्।

भक्तपुर दरबार स्क्यायरमा छायांकन गरिएको भिडियोमा करिब ६० जना कोरस कलाकारले सामूहिक नृत्य गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्