मौसम अपडेट : सोमबारदेखि मौसममा क्रमिक सुधार हुने

<span class='c1'>मौसम अपडेट : सोमबारदेखि</span> <span class='c2'>मौसममा क्रमिक सुधार हुने</span>

काठमाडौँ, चैत २४ गते ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि क्रमिक रुपमा सुधार हँुदै जाने जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
उक्त वायुको प्रभावले आज देशभरि नै आंशिकदेखि सामान्य बदली रही देशका पूर्वी तथा मध्य भू–भागका एक दुई स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार सोमबार पश्चिमी क्षेत्रबाट क्रमिक सुधार हँुदै जाने छ । मध्य र पूर्वी क्षेत्रको मौसम भने एक÷दुई दिन प्रभावित नै हुने मौसमविद् पौडेलले बताउनुभयो । काठमाडौँ उपत्यकामा भोलिबाट मौसम सुधारहँुदै जाने बताइएको छ ।

पश्चिमी क्षेत्रमा पश्चिमी वायु, पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय रेखा, बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको समिश्रणको प्रभावले देशैभरको मौसम प्रभावित भएको महाशाखाले जनाएको छ ।
राति देशभरी नै आंशिकदेखि सामान्य बदली रही पश्चिमी भू–भागका एक– दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । भोलि देशका पूर्वी भू–भागमा आंसिकदेखि पूर्ण बदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावन रहेको बताइएको छ ।

मङ्गलबार देशको पूर्वी र मध्य भू–भागमा आंसिकदेखि सामान्य बदली रही पूर्वी तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम १३ दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १७ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्