लामो समयदेखि अवरोधको सामान गर्दै आएको कोशी करिडोर प्रसारण लाइनको काम शुरु

<span class='c1'>लामो समयदेखि अवरोधको सामान गर्दै आएको</span> <span class='c2'>कोशी करिडोर प्रसारण लाइनको काम शुरु</span>

काठमाडौँ, चैत २४ गते । लामो समयदेखि अवरोधको सामान गर्दै आएको कोशी करिडोर प्रसारण लाइनको काम शुरु भएको छ । प्रसारण लाइन निर्माणका लागि मार्गपरिवर्तन गर्न धरान उपमहानगरपालिकाले पटक/पटक आग्रह गर्दै आएको थियो । कूल २२० केभी क्षमताको सो प्रसारण लाइनमा गत मङ्सिरदेखि नै अवरोध हुँदै आएको थियो । प्राधिकरणले नै तय गरेको स्थानबाट प्रसारणलाइन निर्माण गर्ने विषयमा सहमति जुटेपछि निर्माण व्यवसायीले यही चैत २१ गते बिहीबारदेखि स्थानीय विष्णुपादुका क्षेत्रमा प्रसारणलाइन निर्माणको काम शुरु गरेको छ । आयोजनाको प्रस्तावित मार्गबाटै प्रसारणलाइन निर्माण गर्न उपमहानगरपालिका सहमत भएपछि काम शुरु गरिएको आयोजना प्रमुख राजन ढकालले जानकारी दिनुभयो ।

“कूल १७ टावर निर्माणमा अवरोध थियो, पटक÷पटक भएको छलफलबाट वडाध्यक्षलगायत प्रस्तावित मार्गबाटै प्रसारण लाइन लैजान दिन तयार भएपछि निर्माण शुरु गरिएको छ, प्रभावलाई न्यूनीकरण गर्न आयोजनाले स्थानीयरुपमा गर्नसक्ने सामुदायिक विकासका कार्यक्रम सञ्चालन गरिने छ”, उहाँले भन्नुभयो ।

समस्या समाधानका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विशेष पहल गर्नुभएको थियो । समस्या समाधानका लागि मुख्यमन्त्री राईले धरान उपमहानगरपालिका र स्थानीय सरोकार भएका व्यक्तिसँग पहल गर्नुभएको थियो । रणनीतिक महत्वको उक्त प्रसारण लाइनमा देखिएको समस्या समाधान गरिदिन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आग्रह गर्नुभएको थियो ।
प्राधिकरणको आग्रहपछि मुख्यमन्त्री राईले उपमहानगरपालिका प्रमुख, वडाध्यक्ष, त्यस क्षेत्रका सङ्घ तथा प्रदेशका सांसदलगायतसँग पटक÷पटक छलफल गर्नुभएको थियो । उहाँले प्रसारणलाइन रहने क्षेत्रको स्थलगत निरीक्षणसमेत गरी राष्ट्रिय महत्वको आयोजनामा कुनै अवरोध गर्न नहुने भन्दै विश्वासमा लिनुभएको थियो ।

उपमहानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जु भण्डारीले गत मङ्सिर २८ गते प्रस्तावित मार्गबाट प्रसारण लाइनको निर्माण गरिएको विष्णुपादुका क्षेत्रमा स्थापित, निर्माणाधीन र पहिचान भएका पर्यटकीय स्थललाई प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने भन्दै त्यसलाई करीब दुई सय मिटर पश्चिमबाट लैजान प्राधिकरणलाई लिखित रुपमै आग्रह गर्नुभएको थियो । सोही आग्रहपछि प्रसारण लाइनको काम रोकिएको थियो ।


कोशी करिडोर प्रसारण लाइनले कुनै असर नपर्ने र आयोजनामा समस्या आए निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाबाट उत्पादन हुने अनुमानित ५५० मेगावाट विद्युत् खेर जाने अवस्था आउने भन्दै प्रवद्र्धकले गुनासो गदै आएका थिए । राष्ट्रिय आवश्यकतामा समेत समस्या देखिने भएकाले प्रसारण लाइनको मार्ग परिवर्तन गर्न प्राधिकरण र प्रवद्र्धकले अस्वीकार गरेका थिए ।

प्रसारण लाइनले कुनै असर नगर्ने भन्दै प्राधिकरणले पुनःसर्वेक्षण गरी स्थानीयवासीको माग सम्बोधन गरेको र सबै प्रक्रिया पूरा गरी निर्माण भएकाले मार्गपरिवर्तन गर्न नसकिने अडानमा प्राधिकरण रहँदै आएको थियो । गत पुसमा मुख्यमन्त्री राईको उपस्थितिमा धरानमा भएको सरोकारवालाको भेलाले समस्या पहिचान गरी र समाधानका उपाय खोज्न कार्यदल गठन गरेको थियो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा गठित कार्यदलमा वडाध्यक्ष, आयोजना प्रमुख, उपमहानगरपालिकाका इञ्जिनीयर, सरोकार समिति, ठेकेदार तथा परामर्शदाता कम्पनी, स्थानीय राजनीतिक दलबाट एक÷एकजना प्रतिनिधि सहभागी थिए । कार्यदलले मार्गपरिवर्तन गर्न नसकिने प्रतिवेदन तयार पारेको थियो । तर, सो प्रतिवेदनमा स्थानीय राजनीतिक दल र सरोकार समितिका प्रतिनिधिले हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।
प्राधिकरणले हाल प्रसारणलाइनको मार्ग भँेडेटार–छोटी, मोरङ–सर्दू जलाधार क्षेत्र, तमाखाम–सालबोटे–चिण्डे, डाँडा–भञ्ज्याङ–गोर्खा मेमोरियल पार्क–जलकन्या सामुदायिक वन हुँदै लैजाने प्रस्ताव गरिएको छ । सहमतिपछि अब सोही मार्ग हुँदै प्रसारणलाइन निर्माण हुनेछ ।
नेपाल सरकार, प्राधिकरण र भारतीय आयात निर्यात बंैकको सहुलियतपूर्ण ऋणमा १ नं प्रदेशकाा भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न उक्त करिडोरको निर्माण गर्न लागिएको हो ।
प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारणलाइनमा जोड्ने गरी विद्युत् खरीद सम्झौता गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा रहेका छन् । प्राधिकरणले प्रसारण लाइन निर्माण गर्न नसकेमा ती आयोजनाबाट उत्पादित विद्युत् खेर जाने सन्त्राष बढेर गएको थियो ।
करिडोरको पहिलो खण्डमा इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार १०५ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सन् २०१९ को जुनमा सक्नुपर्ने समयसीमा रहेको छ । सो करिडोरमा पर्ने कूल ३२० वटा टावरमध्ये २१० वटाको जग हालिएको र ९० वटा खडा गरिसकिएको आयोजना प्रमुख ढकालले जानकारी दिनुभयो ।
केही दिनभित्रै तार तान्ने काम शुरु हुने उहाँको भनाइ छ । आयोजनाको अनुमानितलागत करीब रु तीन अर्ब ८० करोड रहेको छ । दोस्रो खण्डको इनरुवा, वसन्तपुर, बानेश्वर र तुम्लिङटारमा २२० केभीको सव स्टेसन निर्माण फेबु्रअरी २०२०मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ । यो प्याकेजको अनुमानित लागत करीब रु दुई अर्ब ६० करोड बराबर छ ।
तेस्रो खण्डमा वसन्तपुर–ढुङ्गेसाँघु (ताप्लेजुङ) ३३ किलोमिटर प्रसारणलाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम शुरु भइसकेको छ । कूल अनुमानित लागत रु दुई अर्ब २५ करोड रहेको सो खण्डको काम सन् २०२० डिसेम्बरमा सक्ने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्