प्रदेश सभाका बिषयगत समितिका सभातिले सपथ लिए, प्रदेशको राधजानी केही दिनभित्र टुङ्गिने

<span class='c1'>प्रदेश सभाका बिषयगत समितिका सभातिले सपथ</span> <span class='c2'>लिए, प्रदेशको राधजानी केही दिनभित्र टुङ्गिने</span>

विराटनगर, २४ चैत ।
प्रदेश १ सभाका बिषयगत समितिका सभापतिहरुले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रदेश सभा सचिवालयले आयोजना गरेको कार्यक्रममा प्रदेश सभाका सभामुख प्रदिप कुमार भण्डारीले समितिको सभापतिहरुलाई सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहरण समारोहलाई सम्बोधन गर्दै प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले मिनि संसदको रुपमा हेरिएको प्रदेशका बिषयगत समितिहरुले बिबेक पु¥याएर काम गर्नु पर्ने बताए ।
आफ्नो कार्यक्षेत्र अधिकार भित्र रहेर मिनि सांसदको रुपमा रहने भएकोले आफ्नो भुमिका अनुसार सांसद चल्दा या नचल्दा पनि समितिहरु सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिए । आफुपनि संबिधान सभाको महत्वपुर्ण समितिको सभापतिको रुपमा जिम्मेवारी निर्वाह गरिसकेको अनुभव रहेकोले समितिको भुमिका एकदमै महत्वपुर्ण हुने स्पष्ट पारे ।
समितिले अनुगमन, निर्देशन, पारदर्शिता र सुशासनको पक्षमा नियमित काम गर्नु पर्ने उनको भनाई छ । ‘अझै पनि प्रदेशमा धेरै कानुन निर्माण गर्न बाँकी रहेको छ , मुख्यमन्त्री राईले भने, सुशासन, सुरक्षा, विकास निर्माण, सामाजिक क्षेत्रमा भएका काम र अबस्थाको बारेमा अगाडी बढ्ने हो भने प्रदेशलाई फाईदा पुग्नेछ ।’ मुख्यमन्त्री राईले केहीदिन भित्रमा प्रदेश राजधानी लगायतको बिषय टुङ्ग्याउने स्पष्ट पारे ।
सभामुक प्रदिप कुमार भण्डारीले समितिको सभापति चयनसँगै अब प्रदेशको हरेक गतिबिधिमा सहज हुने बताए ।
सत्तापक्षको असन्तुष्टी
प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता राजिव कोईरालाले सत्तपक्षले प्रतिपक्षलाई वेवास्ता गर्दै अघि बढेको आरोप लगाएका छन् । सत्तापक्ष सर्वसत्तावाद तर्फ उन्मुख भएको आरोप लगाउँदै उनले संसदमा विपक्षी दल भन्ने नै भुल्ने गरेको असन्तुष्टी पोखे । ‘संघीय लोकतान्त्रीक अध्यासमा सत्ता पक्षमात्र एउटा हो भनेर सरकारले बुझेको छ, उनले भने, अन्यदलहरु पनि संसदीय अभ्यासमा छन्, यस बारेमा सरकारको ध्यान जाओस् ।’ तर उनले समितिका सभापतिहरु चुनिनुलाई ढिलै भएपनि राम्रो काम भएको बताएका छन् ।
संघीय लोकतान्त्रीक मञ्चकी संसदीय दलकी नेता बिष्णुमायाँ तुम्बाहाम्फेले लामो संघर्ष पनि समितिको सभापति चुनिएकोमा खुसी ब्यक्त गरिन् । उनले सभापतिहरुलाई सफल भएर काम गर्न आग्रह गरिन् ।
यी हुन सभापति
सपथ खाएका सभापतिहरुमा न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा ईन्द्रमणी पराजुली , शुसासन तथा योजना समितिको सभापतिमा अर्जुन राई, अर्थ समितिको सभापतिमा मोहन कुमार खड्का, सार्बजनिक लेखा समितिको सभापतिमा शिवनारायण गन्गाई, सामाजिक विकास समितिको सभापतिमा सरिता थापा, उद्योग पर्यटन, वन तथा वातावरण समितिमा सिता थेबे र प्राकृतिक श्रोत तथा पुर्वाधार विकास समितिको सभापतिमा सर्बध्वज साँवाले सपथ ग्रहरण गरेका छन् । सभापतिमा नेकपाबाट ६ र नेपाली कांग्रेसका १ जनाले सभापतिको जिम्मेवारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्