विराटनगरमा रहेकाे प्रदेश १ सामाजिक विकास मन्त्रालयमा सुर्तिजन्य सहित प्रवेशमा रोक

<span class='c1'>विराटनगरमा रहेकाे प्रदेश १ सामाजिक विकास</span> <span class='c2'>मन्त्रालयमा सुर्तिजन्य सहित प्रवेशमा रोक</span>

विराटनगर, २४ चैत ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयले आफू मातहतका सम्पूर्ण कार्यलय हाताभित्र आगामि वैशाख १ गतेदेखि सूर्तिजन्य पदार्थ सेवनमा रोक लगाएको छ ।

विश्व स्वास्थ्य दिवसको अवसरमा सामाजिक मन्त्रालयले मन्त्रालय हाताभित्र सूर्तिजन्य पदार्थ सेवानलाई पूर्ण निषेध गरेको घोषणा गरेको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले मन्त्रालयले २०७६ वैशाख १ गतेदेखि भने सम्पूर्ण मातहतका कार्यालयमा सूर्तिजन्य वस्तु लिएर जाने जो कोहीलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको बताए । मन्त्रालयले सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले विद्यालय, स्वास्थ्य संस्था लगायतका तोकिएका स्थानहरुमा सूर्तिजन्य पद्धार्थको निषेध गर्न प्रदेश १ मा छुट्टै कानून निर्माण गर्ने पनि जनाएको छ ।
मन्त्रालयका मन्त्री घिमिरेले आजै सामाजिक विकास मन्त्रालय हाताभित्र सूर्तिजन्य पदार्थहरु चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ति, खैनी, गुट्खा, सूर्ति वा यस्तै प्रकारका अन्य सूर्तिजन्य पदार्थ मन्त्रालयभित्र ल्याएको र प्रयोग गरेको पाइए कानून अनुसार कारबाही गर्ने जनाएको छ ।
मन्त्रालयमा घोषणा भएसँगै भोलीदेखि नै कार्यान्वयनमा जाने छ भने माताहतका कार्यालयमा आगामी बैशाख १ गतेदेखि कार्यान्वयन हुने मन्त्रालयका प्रवक्ता गोपी घिमिरेले जानकारी दिए ।
नेपाल सरकारले २०६८ सालमा जारी गरेको उक्त ऐन कार्यान्वयन प्रभावकारी नभएको सरोकारवालाले गुनासो गरिरहेको बेला मन्त्रालयले यस्तो कदम चालेको हो । मन्त्रालयका अनुसार सूर्ति जन्य पदार्थको सेवन र प्रयोगले क्यान्सर लाग्ने भएकोले यसलाई नियमन गर्न यस्तो कदम चालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्