सदनमा सांसदको आक्रोश ‘विकासे बजेट घुस खुवाएर खर्च गर्नुपर्ने ?’, बर्खा लागेपछि काम हुन नसक्ने

<span class='c1'>सदनमा सांसदको आक्रोश ‘विकासे बजेट घुस खुवाएर खर्च</span> <span class='c2'>गर्नुपर्ने ?’, बर्खा लागेपछि काम हुन नसक्ने</span>

विराटनगर, २४ चैत । प्रदेश सभामा सांसदहरुले प्रदेशमा विकासको बजेटको अख्तियारी नदिईएको बिषयमा आक्रोश ब्यक्त गरेका छन् । प्रदेशमा निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम कार्यान्वयनगर्ने बारेमा अहिलेसम्म पनि अर्थमन्त्रालयले अख्तियारी नपठाएको भन्दै उनीहरु असन्तुष्ट भएका हुन् ।

प्रदेश सभाको शुन्य समयमा बोल्दै ताप्लेजुङका सांसद प्रतापप्रकाश हाङ्गामले अहिलेसम्म पनि प्रदेश सरकारले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको अख्तियार नपठाएकोले तत्काल सो अख्तियारी पठाएर कामलाई चाँडै सक्ने तर्फ ध्यान दिन आग्रह गरे ।
प्रदेश सरकारले समयमै बिनियोजित रकमको अख्तियारी पठाउने काम नगरेर आर्थिक बर्षकोे अन्त्यमा भ्रष्टाचार हुने अबस्था सिर्जना गराउन खोजेको समेत बताए । ‘अहिले देखि नै काम गर्न नथाल्ने हो भने हिमाली तथा पहाडी जिल्लाहरुमा पैदल हिँडेर पनि काम हुने अबस्था रहँदैन, प्रदेश सांसद हाङ्गामले भने, २० प्रतिशत खाएर काम गर्न भन्दा पनि हुँदैन, त्यो अबस्था आउन दिनु भएन ।’
उनले अन्तिम चौमासिक शुरु भईसक्दापनि सरकारले स्थानीय तहमार्फत हुने खर्चको अख्तियारी नपठाउँदा काम हुन नसकेको बताए । उनले ताप्लेजुङको पाथिभरा क्षेत्रको विकासका लागि छुट्याइएको २ करोड बजेटको अख्तियारी दिएर पनि फुकुवा हुन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराए ।

संघीय समाजवादी फोरमका सांसद रामचन्द्र लिम्बूले प्रदेश सरकारले धनकुटाको आयुर्बेद अञ्चल अस्पताल बिराटनगर सार्न खोजेको भन्दै नसार्न माग गरे । त्यही ठाउँमा प्रदेश आयुर्बेद अस्पताल बनाएर त्यहीँबाट सेवा दिन माग गर्दै भएको एउटा कार्यालय पनि बिराटनगर झार्न भन्दा त्यहीँ विकास गर्न आग्रह गरे । उनले जाँडरक्सी सेवन गरेर कुलतमा फस्नेहरुको बानी सुधार्न चाहिने लोरा जेपाम औषधिको आयातलाई सहज बनाउन माग गरे । संघीय सरकारले प्रतिबन्ध लगाएको औषधि झापा, मोरङ सुनसरीका जिल्लाका अस्पतालहरुमा लसकिछिपी बिक्री भईरहेको अबस्थामा निश्चित मापदण्ड बनाएर त्यसलाइए ल्याउन खुला गर्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्