गृहको परिपत्रपछि मोरङमा नागरिकता बनाउनेको भीड, भिड ब्यवस्थापन गर्न टाेकन

गृहको परिपत्रपछि मोरङमा नागरिकता बनाउनेको भीड, भिड ब्यवस्थापन गर्न टाेकन

विराटनगर, २४ चैत। जन्मसिद्धका आधारमा नागरिकता लिएका आमाबुबाको सन्तानलाई बंशजका आधारमा नागरिकता दिन गृह मन्त्रालयले पत्राचार गरेपछि मोरङको जिल्ला प्रशासन कार्यालयमा यस्तो नागरिकता बनाउन आउनेको भीड लागेको छ ।

नागरिकता बनाउने सेवाग्राहीको भीड बढेपछि शुक्रबार दिउँसो प्रशासन कार्यालयले प्रवेशद्वार नै बन्द गर्‍यो । भीड नियन्त्रण गर्न प्रशासन कार्यालयले आइतबारदेखि टोटन प्रणाली सुरु गरेको छ । ‘८ गतेसम्मको टोकन गइसक्यो’ मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भने ‘अब आउनेहरुले ९ गतेको टोकन पाउँछन् ।’ कार्यालयले दिनमा १ सय ५० जनालाई टोकन दिने गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले दुईवटा कम्युटरमा सिस्टम जडान गरी नागरिकता प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्