विराटनगरको हिमालयन दर्शन कलेजमा अमेरिकन गेष्ट लेक्चर

<span class='c1'>विराटनगरको हिमालयन दर्शन कलेजमा</span> <span class='c2'>अमेरिकन गेष्ट लेक्चर</span>

विराटनगर २५ चैत्र ।

विद्यार्थीहरुको चौतर्फी विकासमा अग्रणी छाप बोकेको विराटनगरको हिमालय दर्शन कलेजले विद्यार्थीको पढाई सँगसँगै विभिन्न अतिरित्त ज्ञानवद्धक गतिविधी गर्दै आएको छ ।
विराटनगर १० मा रहेको कलेजले अन्तराष्ट्रिय स्तरमा भईरहेको सुचना तथा प्रविधीको विकासको भविष्य तथा अवसरको विषयमा विद्यार्थीलाई थप ज्ञान बढाउन गेष्ट लेक्चरबाट साक्षतकार गरिएको छ ।

कलेजका अध्ययनरत विद्यार्थीहरुलाई ईन्टरनेशनल डेपप्लोमेन्ट ईन्सिच्युटका सस्थापक अध्यक्ष सुमन राज तिम्सिना ( अमेरिका) ले आई.टीको बारे वर्तमान अवस्था र चुनौतीकाबारे जानकारी गराएका थिए । कलेजमा अध्ययरत वि.एस.सी सीएस आईटी , वि.आई.एम, वि.सीए प्रथम सेमेस्टारका विदार्थीहरुसँग साक्षातकार गरिएको थियो ।

आगामी दिनमा पनि नेपालको शिक्षा ,पर्यटन तथा अन्य क्षेत्रमा कार्यक्रम गरी सहयोग गर्ने तिम्सिनाले जानकारी दिए । साथै अमेरिकाका विभिन्न प्रतिष्ठित व्याक्तीहरुबाट अनलाईनमार्फत कलेजका विद्यार्थीलाई अनलाईन गेष्ट लेक्चर कक्ष संचालन गराईने कलेज सस्थापाक निर्देशक भेषराज पोखरेलले जानकारी दिए ।

साथै कलेजले हरेक वर्ष विद्यार्थीहरुलाई पढाईका अतिरिक्त विभिन्न व्यावहारीक ज्ञान बाढ्दै आएको कलेजका प्रिंन्सीपल भरत सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्