विजुलीको पोलमा यात्रुवहाक बस ठोक्किदा च्यापिएर ४ को मृत्यु ३१ जना घाईते

<span class='c1'>विजुलीको पोलमा यात्रुवहाक बस  ठोक्किदा च्यापिएर</span> <span class='c2'>४ को मृत्यु ३१ जना घाईते</span>

विराटनगर २५ चैत । सुनसरीको धरानमा यात्रुबाहक बस बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
भोजपुरबाट धरानका लागि छुटेको ना ७ प २७१३ नम्बरको बस दिउँसो सवा १ बजेतितर जिरो पोइन्टमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा चालक, एक बालिकासहित चार जनाको छन्। उनीहरूको सनाखत हुन सकेको छैन। दुर्घटनामा ३१ जना यात्रु घाइते भएका छन्। घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्