५ लाखको गाँजा छुटाउन ५० हजार प्रहरीलाई घुस दिने विराटनगरका सुरज कुमार साह प्रहरीको फन्दामा

<span class='c1'>५ लाखको गाँजा छुटाउन ५० हजार प्रहरीलाई घुस</span> <span class='c2'>दिने विराटनगरका सुरज कुमार साह प्रहरीको फन्दामा</span>

विराटनगर २५ चैत्र । इलाका प्रहरी कार्यालय धरानले २० केजी गाँजा सहित ३ जनालाई धरानको शिवधाराबाट ३ जनालाई पक्राउ गरेपछि पक्राउ परेकाहरुलाई छुटाउनको लागि ५० हजार नगद सहित प्रहरीलाई घुस दिन खोज्ने विराटनगरका सुरज कुमार साह धरानबाट पक्राउ परेका छन् ।
विराटनगर १५ बस्ने ३६ बर्षिया साह ५० हजार रुपैयाँ सहित धरान ८ स्थित तिनकुने चेक पोष्टबाट प्रहरीको विशेष सुराकीको आधारमा पक्राउ परेका हुन् ।
त्यसैगरी प्रहरीले शिवधाराबाट २० केजी गाँजा सहित ३ जना पक्राउ पर्नेमा टेम्पो को १ ह ६२५० मा रहेका धनकुटाको पाख्रिबास नगरपालिका ६ का ३५ बर्षीय नरबहादुर राई, खाल्सा छिन्ताङ शहिदभुमी गाउँपालिका १ का २३ बर्षीय आइते भन्ने मदन राई पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी समुन कुमार तिम्सिनाले वताए ।
प्रहरीले गाँजाको कारोवारीमा संलग्न ४ जनासहित वरामद गरिएको ५० हजार नगद समेत पत्रकार सम्मेलन गरी सोमबार सार्वजनिक गरेको छ । टेम्पो सहितलाई स्कर्टिङ गर्ने मोटरसाइकल चालक शहिदभुमी गाउँपालिका ३ हाल धरान १७ बस्ते २३ बर्षीय विजय राई पनि पक्राउ परेका छन् । मोटरसाइकल पछाडि बसेका अर्का व्यक्ति फरार भएको र उनको खोजी तीब्र भएको डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
प्रहरीले वरामद गरेको गाँजा १ केजीका दरले प्लाष्टिकमा प्याक गरिएको छ । धनकुटा जिल्लाको छिन्ताङ आसपासमा उत्पादन भएको गाँजा प्रहरीले विशेष सुराकीको आधारमा धरानको शिवधाराबाट बरामद गर्न सफल भएको हो । वरामद भएको गाँजा मुल्य ५ लाख वरावरको छ । प्रतिकेजी २५ हजार रुपैयाँ सम्म विक्री हुने गाँजामा संलग्न पक्राउ परेकाहरुले प्रहरीलाई वताएका छन् । प्रहरीका अनुसार गाँजाको कारोबार छिमेकी मुलुक भारतको जोगवनी , सिलगुडी आसपास हुने गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्