विराटनगरमा नागरिकता लिनेको भिड, सर्बोच्चको आदेशसँगै भाेलीदेखि राेकिने

विराटनगरमा नागरिकता लिनेको भिड, सर्बोच्चको आदेशसँगै भाेलीदेखि राेकिने

विराटनगर, २५ चैत । सरकारले जन्मका आधारमा वंशजको नागरिकता दिने वातावरण बनाएसँगै नागरिकता लिन जिल्ला प्रशासन कार्यालयहरुमा जाने सर्बसाधारणको भिड छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा पनि नागरिकता लिनेको भीड हरेक दिन बढ्दो क्रममा रहेको थियो । जिल्ला प्रशासन कार्यलय मोरङमा दैनिक सयौँ नागरिकता लिनको लाग पु्ग्छन् । दुई दिन यता नागरिता लिनेको भीड अत्याधिक बढ्न थालेपछि प्रशासनले आइतबारबाट नागरिकता वितरणमा टोकन सिस्टमनै लागु गर्नु प¥यो ।
जन्मका आधारमा नागरिकता पाएका ब्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता पाउन लामो समयदेखि माग गर्दै आएका थिए । गृह मन्त्रालयले चैत १९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पठाएसँगै जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन शुरु भएको थियो ।
जन्मका आधारमा नागरिकता लिन आउनेहरुको भिड लाग्न थालेपछि भिडलाई रोक्न लगाईएको टोकन सिस्टम बैशाख ७ गतेसम्मको लागि बुक भईसकेको थियो ।
‘नागरिकता लिन दैनिक सयौं आउने गरेका छन’, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भने, ‘दैनिक एकसय ५० जनालई नागरिकता दिने गरी टोकन वितरण गरिएको हो।’
सोमबार जिल्ला प्रशासन कार्यालयको गेटदेखि सडकसम्म झन्डै तीन सय मिटर क्षेत्र नागरिकता लिनेको भीडले ढाकेको थियो । लामो समय लाइनमा बस्नुपर्ने झन्झट र सेवाग्राहीलाई सहज रुपमा नागरिकता दिन टोकन प्रणाली लागू गरिएको पाण्डेले जानकारी दिए ।
रोकियो वितरण
नागरिकता वितरणगर्न थालेको ५ दिनको बिचमा करिब ७ सयले जन्मका आधारमा नागरिकता लिईसकेका छन् । दैनिक १५० जनाका दरले जन्मका आधारमा नागरिकता बितरण हुँदै आएकोमा अब मंगलवारदेखि ति सबै कामहरु रोकिने मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए । उनका अनुसार टोकन लिएकाहरुले नागरिकता पाउने छैनन् भने टोकन वितरण पनि रोकिने छ । दैनिक भिड बढ्दै जाँदा ब्यवस्थापन गर्नलाई समेत समस्या महसुस गरेको मोरङ प्रशासनले अदालतको आदेशसँगै जन्मका आधारमा वितरण हुने नागरिकता वितरण मंगलवारदेखि हुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्