यी हुन् विश्वका शीर्ष पाँच धनाढ्य महिला

यी हुन् विश्वका शीर्ष पाँच धनाढ्य महिला

बीबीसी । अघिल्लो हप्ता अमेजनका संस्थापक जेफ बेजोस र उनको पत्नी म्याकेन्जीबीच सम्बन्ध विच्छेद भयो । दुईले आपसी समझदारीमा सम्बन्ध विच्छेद गरेका थिए । सम्बन्ध विच्छेदको लागि भएको सम्झौतामा म्याकेन्जीले विद्युतीय व्यवसायको लागि चर्चित वेबसाइट अमेजनको ४% शेयर पाइन् । अमेजनको ४% शेयरको मूल्य ३५.६ अर्ब अमेरिकी डलर हुन आउँछ । यस रकमसँगै उनी संसारको तेस्रो सबैभन्दा धनी महिला बनिन् ।  महिलाहरुको सूचिमा तेस्रो धनाढ्य म्याकेन्जी समग्र धनाढ्यको सूचिमा २४ औं स्थानमा पर्छिन् ।  तर म्याकेन्जीको अतिरिक्त विश्वस्तरमा संसारको सबैभन्दा धनीको सूचिमा सामेल हुनेहरु को–को छन् त ? र तिनका पैसाको स्रोतहरु के हुन् ? यहाँ त्यसैको चर्चा गरिएको छ ।

१.फ्रास्वाज बेटाकुर मेएर

विश्वको सबैभन्दा धनी महिला बेटाकुर–मेएर फोब्र्स म्यागजिनको संसारको धनाढ्यहरुको सूचिमा पन्ध्रौं स्थानमा छिन् । उनको कुल सम्पति ४९.३ अर्ब अमेरिकी डलर छ ।  फ्रान्सको लोरियल कस्मेटिक्स सौन्दर्यप्रेमीहरु माझ निक्कै लोकप्रिय छ । संसारको कस्मेटिक बजारमा पकड जमाएको यसै कम्पनीकी उत्तराधिकारी हुन् बेटाकुर–मेएर । उनको भागमा कम्पनीको ३३ प्रतिशत शेयर छ ।

६५ वर्षकी फ्रयाङ्कोजले यो व्यवसाय आफ्नो आमा लिलिएन बेटाकुरबाट प्राप्त गरेकी थिइन् । उनको सन् २०१७ सेप्टेम्बरमा ९४ वर्षको उमेरमा निधन भयो ।  बेटाकुर–मेएर आफैं भने पढाई–लेखाईमा सक्रिय छिन् । ग्रीक देवाताहरुमा आधारित उनका कयैन किताबहरु प्रकाशित छन् । हाल उनी यहूदी–इसाई सम्बन्धबारे किताब लेखिरहेकी छिन् ।

२.एलिस बाल्टन

उनको कुल सम्पत्ति ४४ अर्ब अमेरिकी डलर छ । संसारभरका धनाढ्यहरुमा उनी १७ औं स्थानमा छिन् ।  ६९ वर्षीया एलिस वालमार्टका संस्थापक स्याम वाल्टनको एक मात्र छोरी हुन् । तथापि उनका दुई भाई पनि छन् ।

स्यामको मृत्युपछि उनको सम्पत्ति सबैलाई बाँडिएको भए पनि कम्पनीअघि बढाउने जिम्मेवारी भने एलिसलाई दिइएको थियो ।   कला पारखी एलिस क्रिस्टल ब्रिजेज म्युजियम अफ अमेरिकन आर्टकी अध्यक्ष पनि हुन् ।

३.म्याकेन्जी बेजोस

सम्बन्ध विच्छेदपछि उनले पाएको अमेजनको ४% शेयरको मूल्यमात्रै ३५ अर्ब हुन आउँछ । तर उनको कूल सम्पत्ति त्यति मात्र भने होइन ।  तर हाल यसबारेमा आधिकारिक तथ्याँक बाहिर आएको छैन । फोब्र्स म्यागजिनले अर्को वर्ष निकाल्ने तथ्याकंबाट मात्र उनको वास्तविक सम्पत्ति एकिन भन्न सकिन्छ ।

४८ वर्षीया म्याकेन्जी र अमेजनका संस्थापकका चार सन्तान छन् । दुईबीच सन् १९९३ मा विवाह भएको थियो । उक्त समय उनीहरु दुई सँगै काम गर्थे । क्यालिफोनिर्यामा बस्ने म्याकेन्जी अमेजनको सबैभन्दा सुरुका कर्मचारीहरुमध्ये एक हुन् । उनले अमेजनमा एकाउन्टेन्टको नोकरी गरेकी थिइन् ।

यसको अतिरिक्त उनको दुई आख्यान किताब पनि प्रकाशित भइसकेका छन् । उनकी शिक्षक रहेकी चर्चित लेखिका टोनी मरिसनले एक प्रसंगमा उनलाई आफ्ना सबैभन्दा प्रतिभावान विद्यार्थी बताएकी थिइन् ।

४.ज्याकलिन मार्स 

कुल सम्पत्ति करिब २३ अर्ब अमेरिकी डलर रहेकी ज्याकलिन विश्वको ३३ औं सबैभन्दा धनी व्यक्ति हुन् ।  ७९ वर्षकी ज्याकलिन पछिल्लो २० वर्षदेखि आफ्नो पारिवारिक व्यवसायमा सक्रिय छिन् । सन् २०१६ सम्म उनी मार्स इक्कोपरेटेडको बोर्ड सदस्य पनि रहिन् । उनीसँग ग्लोबल म्यान्युफ्याक्चरर कम्पनी मार्चको एक तिहाई हिस्सा छ ।

५.यान हुइयान

यान चीनको सबैभन्दा धनाढ्य महिला हुन् । २२.१ अर्ब डलरका साथ उनी संसारको ४२ औं धनाढ्य हुन् ।  ३७ वर्षकी यान चीनमा प्रोपर्टी कम्पनीमा सबैभन्दा अग्रस्थानमा रहेको कन्ट्री गार्डेन होल्डिंग्समा सबैभन्दा ठूलो हिस्सेदार हुन् ।

उनको वेबसाइटका अनुसार कन्ट्री गार्डेन सन् २०१६ मा संसारभर प्रोपर्टी डेभलपमेन्ट गर्ने मुद्धामा तेस्रो नम्बरमा रहेको थियो ।  यानले अमेरिकाको ओहायो स्टेट यूनिभरसिटी पढेकी हुन् । उनीसँग रहेको कम्पनीको लगभग ५७% शेयर उनको पिताबाट प्राप्त भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्