उपेन्द्र यादवका छोरा अमरेन्द्र सक्रिय राजनीतिमा, विराटनगर महानगरपालिका अध्यक्षमा निर्वाचित

उपेन्द्र यादवका छोरा अमरेन्द्र सक्रिय राजनीतिमा, विराटनगर महानगरपालिका अध्यक्षमा निर्वाचित

विराटनगर, २५ चैत। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका छोरा  अमरेन्द्र यादव बाबु अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपालको विराटनगर महानगरपालिका अध्यक्षमा निर्वाचित भएका छन्  ।  प्रथम एकता अधिवेशनबा६ यादव निर्वाचित भएका हुन् । दुई महिनाअघि छोरालाई महानगरपालिकाको संयोजक तोकेका यादव आईतवार सम्पन्न अधिवेशनमार्फत छोरालाई यादव अध्यक्षमा निर्वाचित भएका हुन् ।

पार्टीमा परिवारवाद हावी भएको भन्दै एउटा खेमा भने असन्तुष्ट बनेको छ । नेताहरुका अनुसार अमरेन्द्रलाई निर्बिरोध बनाउने प्रयासमा यादव आफैं जुटेका थिए । तर, यादवले छोरालाई टीका लगाएर अध्यक्ष बनाउन खोजेको भन्दै असन्तुष्ट समूहले समिर कमरलाई अध्यक्षको उम्मेदवार बनाएको थियो ।

तत्कालीन फोरमका नगर अध्यक्ष समिम कमरले ९० मत ल्याएका छन् भने अरमेन्द्रले ११२ मतका साथ अध्यक्षमा निर्वाचित भए । अध्यक्षका लागि भएको निर्वाचनमा २१० मत खसेको थियो, जसमा ८ मत बदर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्