विराटनगरमा रातभरी बर्षा, आजको मौसम हावाहुरी सहित वर्षाको सम्भावना

विराटनगरमा रातभरी बर्षा,  आजको मौसम  हावाहुरी सहित वर्षाको सम्भावना

विराटनगर चैत २६ ।आज बिहानैदेखि देशभरकाे माैसममा सामान्यदेखि पूर्ण बदली भएकाे छ । आज बिहानैदेखि हावाहुरी सहित बिराटनगरमा  बर्षा भईरहेको छ । देशका कतिपय भूभागमा बिजुली चम्कने र मेघ गर्जनसहित बाक्लाे बादल मडारिएकाे छ भने कहीँकहीँ हल्का वर्षा भएकाे छ ।

आज दिउँसाेकाे माैसम प्राय: दिनभरि नै बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार देशका पूर्वी र मध्य भू-भागमा सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहनेछ । साथै पूर्वी र मध्य भू-भागका केही स्थानमा र पश्चिमका १-२ स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना समेत रहेकाे छ । आज दिउँसाे र राति पनि पूर्वी र मध्य तराईका केही स्थानमा हुरी-बतास चल्ने सम्भावना समेत रहेकाे महाशाखाकाे पूर्वानुमा छ । साथै हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । राति देशका पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ ।

बुधबार भने माैसममा सुधार आउने अनुमान गरिएकाे छ । बुधबार देशका प्राय: स्थानहरुमा मौसम सामान्यतया सफा रहने भए तापनि अपरान्हपश्चात पुन: सामान्य बदली भई मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना कायमै रहेकाे महाशाखाकाे अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्