विराटनगरका बजारमा विजुलीका काम, अत्याधिक जोखिममा कामदार

<span class='c1'>विराटनगरका बजारमा विजुलीका काम,</span> <span class='c2'>अत्याधिक जोखिममा कामदार</span>

विराटनगर, २६ चैत ।
विराटनगरको ब्यस्त बजारमा धमाधम बिजुलीका पोलहरु सार्ने र तार मिलाउने काम भईरहेको छ ।

सडकको विस्तारसँगै विचमा भएका विजुलीका पोलहरु सार्नको लागि ठेकेदार कम्पनीहरुले काम गरेका हुन् । तर जसरी काम गर्नु पर्ने हो त्यो अनुसारका सुरक्षित मापदण्ड प्रयोग गरिएको छैन । दिनभरी झुण्डिएर गरिने कामले कामदार असुरक्षित छन् । बिजुलीका पोलमा काम गर्ने कामदारहरुको हातमा न ग्लोब थियो, केही ठाउँमा हेल्मेट लगाएको भएपनि जुत्ता र ग्वोब समेत नहुँदा कामदार असुरक्षित रुपमा काम गरेको स्थानीय शुभम दुगरले बताए ।

सामान्य मापदण्ड समेत पुरा नभएकोमा स्थानीयलाई पटकै चित बुझेको छैन । सोमबार दिउँसो मेनरोडको अतिथी सदन नजिकै पोलमा काम गर्दै गरेका कामदारहरु असुरक्षित रुपमा काम गरेको धेरै प्रत्यक्षदर्शीलाई चित बुझेको थिएन ।
केही दिन अगाडीमात्र भृकुटीचोकमा विजुलीको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको अबस्था गम्भीर भएको थियो । त्यसपछि कडाई गरेको जनाएको बिद्युत प्राधिकरणले अनुगमन नगर्दा ठेकेदार कम्पनीहरुले मनपरी रुपमा विजुलीका पोलहरुमा सुरक्षाका साधनहरु नअपनाई मजदुरलाई काम गराउँदै आएको दुगरले बताए ।

नेपाल विद्युत प्राधिकरणका प्रमुख राजिवकुमार सिंहले सुरक्षाको मापदण्ड नअपनाउने ठेकेदार कम्पनीलाई कार्वाही गरिने बताएका छन् । उनीहरुलाई पटक–पटक सुरक्षा मापदण्डमा रहेर काम गर्न भनिएको तर अटेर गर्दै आएकाे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्