जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी नागरिकता विहीनको यस्तो आक्रोस १० फोटो फिचर

<span class='c1'>जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी नागरिकता</span> <span class='c2'>विहीनको यस्तो आक्रोस १० फोटो फिचर</span>

विराटनगर २६ चैत । जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन गएकाहरुले नागरिकता वितरण कार्य रोकिएपछि विराटनगरमा जुलुस प्रदर्शन गर्दै धर्ना बसेका छन् ।
जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानलाई नागरिकता दिने गृह मंत्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गरेर बैशाख ४ गते सम्मलाई नागरिकता वितरण कार्य रोकेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङबाट प्रदर्शन गर्दै निस्किएका नागरिकता विहिनहरुले कोशी राजमार्ग अन्र्तगत भट्टी मोडमा केही बेर चक्का जाम गरेका थिए । गृह मन्त्रालयले चैत्र १९ गते जन्मका आधारमा नागरिकता पाएका बाबु र आमा दुबैजनाको नागरिकता लिएर आउने व्यक्तिलाई नागरिकता दिन ७७ वटा जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो ।
जिल्ला प्रशासन कार्यालय बिराटनगर अगाडी भेला भएर नारावाजी गर्दै गरेका ब्यक्तिहरुलाई प्रहरी र प्रशासनले सम्झाएर पठाएको थियो । तर पनि उनीहरु उतेजित हुनसक्ने भएपछि प्रहरी परिचालन गरिएको हो ।आफूहरुले नागरिकता नपाए चरणवद्ध आन्दोलन गर्ने नागरिकता विहिन सर्घष समितिले जनाएको छ ।


तस्वीर ः प्रेम देवान आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्