आज एकैदिन २ पटक भूकम्पको धक्का

<span class='c1'>आज एकैदिन  २</span> <span class='c2'>पटक भूकम्पको धक्का</span>

काठमाडौं, २६ चैत। मंगलवार एकैदिन पश्चिम नेपालको पहाडी क्षेत्रमा २ पटक भूकम्पको धक्का महसुस भएको छ ।

बिहान बैतडी–दार्चुला र दिउँसो दोलखामा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार दिउँसो १ बजेर ५ मिनेटमा दोलखाको चाँखु केन्द्रबिन्दू बनाएर ४.२ लोकल म्याग्निच्यूडको भूकम्प गएको छ ।

बिहान सुदूरपश्चिमका बैतडी, दार्चुला र बझाङमा भूकम्पको धक्का महसुस गरिएको थियो । बिहान ८ः३७ बजे भूकम्प गएको हो । बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रबिन्दू भएर ३.६ रिक्टर स्केलको पराकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

गोरखा केन्द्रबिन्दू भएर २०७२ सालमा गएको ठूलो भूकम्पपछि सुदूरपश्चिममा पनि बेलाबेला भूकम्पको पराकम्प जाने गरेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गत २० दिनमा नेपालमा साना ४ वटा भूकम्प गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्