सुभाष भण्डारी
काठमाडौँ, २६ चैत ।
लियो जिल्ला परिषद ३२५ ए वान को काठमाडौंमा सम्पन्न सातौ राष्ट्रिय महाअधिबेसनबाट विराटनगरका रञ्जित भगत अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
लियोको अभियानमा बिगत लामो समयदेखि सक्रिय रुपमा लागेका भगत यस अघि पनि बिभिन्न पदमा रहेर काम गरिसकेका छन् । युवा शशक्तीकरणसँगै सामाजिक क्षेत्रमा समेत रहेका भगत लियो क्लब बिराटनगर ग्रिन सिटीको सस्थापक अध्यक्ष हुँदै लियो जिल्ला परिषद कमिटी कोअर्डिनेटर, सह कोषाध्यक्ष, एरिया कोअर्डिनेटर मुल्याङ्कन समितीको सदस्य समेत भएर काम गरेका थिए ।
उनी सिनियर एरिया कोअर्डिनेटर, बहु जिल्ला परिषद सह कोषाध्यक्ष हुँदै गत बर्ष जिल्ला परिषद उपाध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए त्यस्तै उनको कामलाई मुल्याङ्कन गर्दै अमेरिकी दुतावासले समेत उनलाई अमेरिकी काउन्सिल युवा परिषद सदस्यमा मनोनित गरेको थियो ।
यस बर्ष वान टिम वान ड्रिमको नारालाई आत्मसात् गर्दै लियोलाई एउटा नयाँ उचाइ दिन आफु प्रतिबद्ध भएर लाग्ने भगतले प्रतिवद्धता जनाएका छन् । उनले युवालाई अझ बढी रचनात्मक अझ बढी क्रियाशिल बनाउन भूमिका खेल्ने भगतले आवर बिराटनगरलाई बताए । लियोको सम्मेलनमा भारत, श्रीलंका, दुबई लगायत देशको भ्रमण गरेर आफ्नो क्षमतालाई बढाउदै लगेका भगतको नेतृत्वलाई महत्वका साथ हेरिएको छ ।
निर्वाचित भए पस्चात उनले आफ्नो सानो टिमको घोषणा गरेका छन । सचिबको रुपमा विराटनगर मोरङ लियो क्लबबाट मुकेश पौडेललाई मनोनित गरेका छन भने कोषाध्यक्षमा मनिगल ग्लोबल लियो क्लब कि डोल्मा श्रेष्ठलाई मनोनित गरेका छन । अन्य पदहरुमा पनि कामका आधारमा चाडै नै नियुक्त गर्ने भगतले बताए । त्यस्तै जिल्ला परिषद उपाध्यक्षमा सब्रिन राज गौतम निर्वाचन भएका हुन् ।
लियो जिल्ला परिषदमा हालसम्म देश भरका ५८ क्लब रहेका छन । लायन्स क्लब अन्तरराष्ट्रियको युवा प्रोजेक्टको रुपमा लियो क्लबले काम गर्ने गरेको छ । सात हजार भन्दा बढी क्लब एक लाख ७५ हजार भन्दा बढी सदस्य ,१४५ भन्दा बढी देश मा बिस्तारित २४०३८ बढी प्रोजेक्ट गर्ने सस्थाको रुपमा लियो क्लबले संसार भर काम गरी रहेको छ।।
लायन्समा गभर्नरमा खत्री
काठमाडौं मै सम्पन्न भएको लायन्स क्लब अन्तराष्ट्रिय ३२५ ए वान को निर्वाचन मा बिराटनगरका राजन खत्री डिस्ट्रिक्ट गभर्नर मा निर्वाचित भएका छन । त्यस्तै प्रथम भाईस डिस्ट्रिक्ट गभर्नरमा टंकबहादुर श्रेष्ठ , दितिय भाईस डिस्ट्रिक्ट गभर्नरमा रेवत बहादुर कार्की निर्वाचित भए । गभर्नरमा निर्वाचित भएका खत्रीले बिकास अधिकारीलाई सचिब , धीरज गुरुङ ाई कोषाधक्ष्य र पुर्व गभर्नर भिम घिमिरेलाई प्रमुख सल्लाहकारमा नियुक्त गरेका छन ।