भारतको छत्तिसगढमा माओवादी आक्रमण, भाजपाका एक विधायकसहित पाँच जनाको मृत्यु

भारतको छत्तिसगढमा माओवादी आक्रमण, भाजपाका एक विधायकसहित पाँच जनाको मृत्यु

एजन्सी, २६ चैत । भारतको छत्तिसगढमा माओवादी चरमपन्थी आक्रमणमा भारतीय जनता पार्टी (भाजपा)का एक विधायकसहित पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विधेयक भीमा मान्डवी, उनका ड्राइभर र तीन सुरक्षाकर्मी छन् । दन्तेवडा जिल्लाको श्यामगिरी पहाडमा पर्ने दन्तेवाडा सुकमा रोडको नकुलनार भन्ने स्थानमा आक्रमण भएको डीआईजी पी सुन्दरराजले जानकारी दिए ।

प्रहरीका अनुसार बन्दुकधारीले विधयकको टोलीमाथि आक्रमण गर्नुका साथै गाडीमा बम हानेको थियो । विस्फोटमा बुलेटप्रुफ गाडी क्षतविक्षत भएको छ । दन्तेवाडामा ११ अप्रिलमा पहिलो चरणको चुनाव हुँदैछ । यो आक्रमण चुनाव प्रचारको अन्तिम दिनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्