उद्योगी दिवाकर गोल्छाको भारतमा उपचारको क्रममा निधन

उद्योगी दिवाकर गोल्छाको भारतमा उपचारको क्रममा निधन

विराटनगर, २७ चैत । उद्योगी दिवाकर गोल्छाको निधन भएका छ । उनलको गएराती भारतको चेन्नईमा ६७ बर्षको उमेरमा निधन भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भइसकेका गोल्छाको औद्योगिकरणमा महत्वपूर्ण भूमिका छ । उद्योग संगठन मोरङको संस्थापक सदस्य हुँदै उनी उद्योग वाणिज्य महासंघको उपाध्यक्षसम्म भएका हुन् । २ दर्जन बढी उद्योगको नेतृत्व गरेका उनको नेपालमा औद्योगिक क्षेत्रमा ठुलो लगानी थियो । हुलास वायर, हुलासका खाद्यान्न, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास जस्तापाता लगायत ठुलो लगानीमा संचालित उद्योग हुन् । विराटनगरमा लामो समय बसेका गोल्छा पछिल्लो समय काठमाडौँका शंखमुलमा बस्दै आएका थिए । दिवाकर गोल्छाको निधनले आधुनिक औद्योगिक क्रान्तिमका ठुलो क्षती भएको उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले बताए ।
‘दिवाकर गोल्छाको निधनसँगै औद्योगिक क्षेत्रले असल अभिभावक गुमाउनु परेको छ, उद्योग संगठन मोरङका अध्यक्ष घिमिरेले भने, ‘मुलुकले औद्योगिक क्षेत्रमा राष्ट्रिय क्षती ब्यहोरेको छ ।’ औद्योगिकरणका लागि गोल्छाको योगदान अतुलनीय थियो।
गम्भीर विरामी भएका गोल्छाको किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै निधन भएको हो।
उनी नेपाली कांग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद बनेका थिए। उनको शव आजै काठमाडौको पशुपतिमा अन्त्यष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्