मोरङमा नियम विपरीतको कार्य गरेको अभियोगमा ४ जना प्रहरीलाई विभागीय कारवाही

मोरङमा नियम विपरीतको कार्य गरेको अभियोगमा ४ जना प्रहरीलाई विभागीय कारवाही

बिराटनगर चैत्र २७ ,

मोरङमा नियम विपरीतको कार्य गरेको अभियोगमा ४ जना प्रहरीलाई विभागीय कारवाही गरिएको छ । सेवाग्राहीसँग व्यक्तिगत लाभको लागि इन्धन माग गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी गछियामा कार्यरत प्रहरी हवल्दार वीरेन्द्र यादव कार्वाहीमा परेका छन् ।

यसैगरी प्रहरी चौकी बखरीका प्रहरी सहायक निरीक्षक सन्तोषकुमार यादवले गैर जिम्मेवारी र लापरवाही पूर्वक प्रहरी परिचालन गरेको देखिएकाले निजलाई विभागीय कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गत आइतबार साढे ८ बजे साँझ प्रहरी चौकी आँपगाछीमा कार्यरत प्रहरी जवान धर्मराज भण्डारी र प्रहरी जवान केशव दर्जीले अनुशासनहीन, गैर जिम्मेवार तथा लापरवाहीपूर्ण कार्य गरेकाले उनीहरूलाई प्रहरी नियमावली बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन् ।

सर्वसाधारण जनता तथा स्थानीय जनसमुदायले कुनै पनि प्रहरी कर्मचारीले नियम विपरीत कुनै पनि कार्यमा संलग्न भएको, आर्थिक प्रलोभनमा परेको देखेमा, सुनेमा वा आफै समस्यामा परेमा जिल्ला प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरिएको छ । चारै जना प्रहरीलाई के कस्तो विभागीय कार्वाही भयो भन्ने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्