प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई घरजम गर्दै, यस्तो छ तयारी

प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई घरजम गर्दै, यस्तो छ तयारी

इटहरी, २७ चैत प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले २०७६ सालमा घरजम (बिहे) गर्ने बताएका छन् । जनतासँग मुख्यमन्त्री कार्यक्रममा मुख्यमन्त्री राईले छिट्टै यसबारेमा सवै कुरा थाहा हुने बताए ।कार्यक्रम मुख्यमन्त्री शेरधन राईसँगको कार्यक्रम जनतासँग मुख्यमन्त्री बैशाख एक गते बिहान प्रदेशका ३० वटा रेडियोबाट प्रसारण हुन्छ । 

एक नम्बर प्रदेशको विकास र समृधीमा आफ्नाे पहिलो ध्यान गएको र यसपछि व्यत्तिगत जीवनको बारेमा ध्यान जाने उनको तर्क छ । सानै उमेरदेखि देश र जनताका लागि काम गरेको र यही काममा हिँडेकाले अहिलेसम्म घरजम नभएको उनले बताए । व्यक्तिगत कामका लागि हिडेको भए पहिला नै घरजम भइसक्थ्यो । देश र जनताको काममा हिडेँकाले घरजम हुन नसकेको उनले बताए । उनले भने –‘व्यत्तिगत कुरा र ऐश आराम तर्फ ध्यान गएन अव चाँही घरजम पनि गर्नु पर्छ भन्नेमा पुगेको छु ।'

२०७६ सालको दोस्रो साता सम्ममा प्रदेशको नाम र राजधानीको टुंगो लाग्छ त्यसपछि मेरो व्यक्तिगत जीवनको बारेमा टुंगो लाग्छ । उनले कोसँग घरजम गर्ने भन्ने तय भइनसकेको बताए । तर घर परिवारबाट पनि कुरा भइरहेको उनले खुलासा गरेका छन् । घरजम गर्ने मानिसको खोजी भइरहेको छ ।

२०२७ साल फागुन ११ गते भोजपुरको आमचोक गाउँपालिका–३, थिदिङ्खाको पसलभन्ज्याङ्गमा राई जन्मिएका हुन् । समाजशास्त्रमा एम.ए. सम्मको शिक्षा हासिल गरेका उनी केहि समय अघि प्रेममा परेको हल्ला चलिरहेको छ । तर उनले यसबारेमा भने अस्विकार गरे । २०४४ सालबाट उनी राजनीतिक क्षेत्रमा प्रवेश थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्