विराटनगरको विभिन्न स्थानमा ‘तिम्रो मायामा परेर’ एल्वमको म्यूजिक भिडियो छाँयाकन

विराटनगरको विभिन्न स्थानमा ‘तिम्रो मायामा परेर’ एल्वमको म्यूजिक भिडियो छाँयाकन

विराटनगर २७ चैत्र । भारतीय गायन रियालिटी सो जीटिभी ‘सारेगमप’ मा पुगेर आफनो प्रस्तुति दिईसकेका विष्णु राजवंशीको पहिलो म्यूजिक भिडियोको छाँयाकन पुरा भएको छ ।
मोरङको जहदा गाँउपालीका बुधनगरका २८ बर्षिय विष्णु राजवशीले गाएको ‘एन सेल मोवाईलबाट फोन गरेको म तिम्रो मायामा परेर’ बोलको गीतको छायाकन विराटनगरको विभिन्न स्थानमा गरिएको छ ।
कार्तिक राजवशीले छाँयाकन गरेको म्यूजिक भिडीयो विराटनगरको एयरर्पोट , गोपाल फन पार्क र रत्ना होटलको सिनेरीलाई देखाएका छन् । म्यूजिक भिडीयोमा गायक स्वयम विष्णु राजवशी, लक्ष्मी राई, चन्दन गिरी र मुना राजवशीले अभिनय गरेको छन् । साथै उनीहरुलाई चन्दन डान्स गु्रुपका कलाकारहरुले कोरस दिएका छन् । म्यूजिक भिडियोको कोरियोग्राफी चन्दन राजवशीले गरेका छन् ।
अहिले म्यूजिक भिडियोको सम्पादन भईरहेको र केही दिनपछि युटुव मार्फत सार्वजनिक गर्ने गायक विष्णु राजवशीले जानकारी दिए । यस अघि उनले २४ वटा आफ्नो स्वरमा अडियो गीत रेकर्ड गराईसकेका छन् ।

https://youtu.be/BJgofrgmJD0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्