एसईई दिएर बस्नुभएको छ ? बिराटनगरमा बास्केटबल सिक्ने यस्तो मौका

एसईई दिएर बस्नुभएको छ ? बिराटनगरमा बास्केटबल सिक्ने यस्तो मौका

विराटनगर चैत्र २७, प्रदेश नम्बर १ मै लोकप्रिय बन्दै गईरहेको बास्केटबल खेल विराटनगरमा पनि जम्दै आएको छ। केही वर्ष देखी निरन्तर रुपमा बास्केटबल क्याम्प, क्लिनिक, ट्यालेन्ट हन्ट र अन्तर स्कुल/ कलेज प्रतियोगितामा उल्लेख्य मात्रामा बिद्यार्थी र स्कुल,कलेज, क्लबको सहभागिता हुने गरेको छ।

विराटनगरमा सक्रिय रुपमा बास्केटबल गतिविधि गर्दै आएको विराटनगर बास्केटबल एकेडेमीले बैशाख १५ देखि तेस्रो एसईई बास्केटबल ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको हो। एसइइ परिक्षा दिएर बिदामा बासेका विधार्थीहरुका लागि १ महिना बास्केटबल तालिम दिइने र उत्कृष्टलाई हिसान मोरङ्को सहयोगमा उच्च शिक्षा अध्यन्नका लागि विभिन्न स्कुलमा विशेष छात्रवृत्ति दिईने कार्यक्रमका मुख्य प्रशिक्षक त्रिलोक बास्तोलाले जानकारी दिए ।

यसै वर्षको शैक्षिकसत्र सुरु संगै सामुदायिक बिद्यालय लक्षित कार्यक्रम पनि ल्याउने उनलेे बताए।

दुई वर्ष यता हिसान स्पोर्ट्स मिटमा पनि बास्केटबल खेल समावेश भए पछि यसले धेरै स्कुले विधार्थीहरुलाई आकर्षित गर्नुको साथै उनिहरुमा लुकेको प्रतीभा देखाउने अवसर प्रदान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्