भारतीय नृत्य प्रशिक्षकद्धारा विराटनगरमा ‘सेयर इट डान्स क्याम्प’, पटनासम्मका सहभागी

भारतीय नृत्य प्रशिक्षकद्धारा विराटनगरमा ‘सेयर इट डान्स क्याम्प’,  पटनासम्मका सहभागी

प्रेम देवान ।
विराटनगर, २७ चैत । विराटनगरमा पहिलो पटक भारतका नृत्य प्रशिक्षक बाट ६ दिने ‘सेयर इट डान्स क्याम्प’ भईरहेको छ ।
न्यु क्लीयर डान्स ग्याङ्ग तथा भाईरल डान्स स्टुडियोको संयुक्त आयोजनामा विराटनगरको नमस्कार होटलमा चैत्र २५ गतेदेखि क्याम्प शूरु भएको हु भएको थियो ।
क्याम्पमा झापा, मोरङ, सुनसरी, सिरहाको लहान, धनगढी र भारतको पटनादेखि प्रशिक्षार्थीको सहभागीता रहेको न्यू क्लीयर डान्स ग्याङ्गका रेमो रायले जानकारी दिए ।
प्रशिक्षणका लागि भारतको मुम्बईबाट ५ जना प्रशिक्षक आएका छन् । विभिन्न डान्स रियालीटी सोहरुमा सहभागिता जनाईसकेका अजय अग्रवाल, अंकित डि.रोवो, चाउ ईन लाई, प्रिंयकी पटेल र अपुरभ सावन्त आएका छन् ।
करिब ६० जना प्रशिक्षार्थीहरुलाई हिपहप, एनिसमेसन पप्पिङ, कन्टेम्पोररी, भरत नाट्यम र क्रुम्प विद्याका नृत्य प्रशिक्षण दिईरहेको रेमो रायले बताए ।
डान्स क्याम्प पस्चात पुनः न्यू क्लीयरले डान्स युद्ध गर्ने जनाएको छ । एकल डान्स युद्धमा प्रथम हुनेलाई ८ हजार नगद सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिने छ ।
डान्स क्याम्पको अन्तिम दिन एकल डान्स ब्याटल समेत हुने आयोजकले जनाएको छ । एकल डान्स व्याटलमा विजेता हुनेलाई नगद १५ हजार रुपैयाँ पुरस्कार वितरण गरिने भाईरल डान्स स्टुडियोका मोहित जैनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्