सुन्दरहरैचाकाे बुधवारेमा कारको ठक्करबाट एक जनाको मृत्यु, एकजना घाइते

सुन्दरहरैचाकाे बुधवारेमा कारको ठक्करबाट एक जनाको मृत्यु, एकजना घाइते

विराटनगर,  २८ चैत। मोरङको सुन्दरहरैचा नगरपालिका-४ बुधवारे चोकमा बुधवार कारको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम तर्फ जाँदै गरेको बा ३ च ७९६२ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाईकललाई राती ९ बजे ठक्कर दिएको थियो ।  कारको ठक्करबाट मोटरसाईकलमा सवार वर्ष २२ को हेम चौधरीकाे   नोबेल अस्पताल बिराटनगर  उपचारको क्रममा  ज्यान गएकाे प्रहरीले जनाएकाे छ । मोटरसाईकल चालक ईटहरी उप-महानगरपालिका-८ बस्ने वर्ष २२ को प्रकाश चौधरीकाे साेही अस्पतालमा उपचार भईरहेकाे   इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्