पूर्व सांसद भण्डारी सहित चिहान डाँडामा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु

पूर्व सांसद भण्डारी सहित चिहान डाँडामा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु

 गुल्मीको मुसिकोट नगरपालिका १ चिहान डाँडामा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा पूर्व सांसद रुद्रमणि शर्मा भण्डारी रहेको प्रहरीले जनाएको छ । भण्डारी २०४८ सालमा गुल्मी -३ मा नेपाली कांग्रेसबाट सांसद निर्वाचित भएका थिए।

मालिका गाउँपालिकाबाट बुटबलकालागि छुटेको लु १ ज १९५७ नम्बरका जीप चिहान डाँडामा दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा परि थप ८ जना घाइते भएका छन् । मृत्यु हुने थप एकको सनाखत हुन सकेको छैन ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल तमघासमा ल्याईदै छ। थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्