क्रिकेटमा बिराटनगरको शान : इटहरीमा जारी मेयरकप क्रिकेटको उपाधि बिराटनगरलाई

क्रिकेटमा बिराटनगरको शान : इटहरीमा जारी मेयरकप क्रिकेटको उपाधि बिराटनगरलाई

इटहरी चैत्र २७ ,

इटहरीमा जारी मेयरकप क्रिकेट प्रतियोगिताको उपाधी विराटनगर महानगरपालिकाले जित्न सफल भएको छ । बुधबार सम्पन्न फाइनलमा इटहरी उपमहानगरपालिकालाई ७८ रनले पराजित गर्दै विराटनगरले उपाधीसहित नगद ५० हजार रुपैयाँ र ट्रफी हात पारेको छ । उपविजेता बनेको इटहरीले २५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

इटहरी–९ स्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ७३ रनको योगफल खडा गरेको थियो । विराटनगरको लागि पुष्प थापाले बिष्फोटक ब्याटिङ गर्दै सर्वाधिक ९६ रन जोडे । कप्तानी पारी खेलेका थापाले ३४ बलमा १२ चौका र ६ छक्का प्रहार गरे । यस्तै रवि रोयले २२, फिर्दोस अन्सारीले २१ र मिनस थापाले १५ रनको योगदान दिए । बलिङतर्फ इटहरीका भुपाल लुइँटेलले ३ विकेट लिँदा रवि साहले २ विकेट लिए ।

जवाफमा १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको इटहरी १७ दशमलव १ ओभरमा ९५ रनमा समेटियो । इटहरीका लागि मनिष दाहालले नटआउट २७ रन बनाउँदा सरोज कटुवालले २५ तथा सुमन पौडेलले २० रन जोडे । बलिङतर्फ विराटनगरका पुष्प थापा, दिपेश कँडेल, मुकुन्द यादव र अमृत सिंहले २–२ विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी विराटनगरका दिपेश कँडेल घोषित भए । उनले नगद ५ हजार र ट्रफी पाए । उत्कृष्ट बलर इटहरीका उज्ज्वल श्रेष्ठ र उत्कृष्ट ब्याट्सम्यान विराटनगरका फिर्दोश अन्सारी घोषित भए । उनीहरू दुवैले जनही नगद ३ हजार र ट्रफी पाए । म्यान अफ द फाइनल विराटनगरका पुष्प थापा भए । उनले नगद १ हजार र ट्रफी पाए । इटहरी उपमहानगरपालिकाको संयोजनमा भएको प्रतियोगतामा १ नम्बर प्रदेशका ८ टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्