सुन्दर हरैचाकाे बुुधबारेमा दुर्घटनामा परेकाे गाडी पुर्बराजा भएकाे खुलासा, एकजनाको मृत्यु

सुन्दर हरैचाकाे बुुधबारेमा  दुर्घटनामा परेकाे गाडी  पुर्बराजा भएकाे खुलासा,  एकजनाको मृत्यु

विराटनगर, २८ चैत। बुधवारसाँझ झापाबाट पुर्ब राजा ज्ञानेन्द्र साह सहितका उनका सुरक्षा र आफन्त बिराटनगर बिमानस्थल हुँदै काठमाडौँ जान फर्कियो ।

साँझको समयमा राजा काठमाडौँ पठाउनको लागि झापाबाट आएको उनका समर्थकहरु सहितका सुरक्षा निकाय सहितको टोली बिराटनगर आयो । उनलाई बिमानस्थल छाड्नका लागि केही गाडीहरु पनिसँगै झापाबाट आउँदै थियो । जब राजा बिराटनगर बिमानस्थलबाट काठमाडौँ गए अनी उनलाई छाड्न आएको गाडी केही झापा फर्कियो कोही काठमाडौँ तर्फ लाग्यो ।
त्यो मध्येको एउटा गाडी बिराटनगर बिमानस्थलमा पुर्ब राजाका ब्यागहरु छाड्नको लागि आएको कार गएराती मोरङको सुन्दर हरैचा नगरपालिका वडा नम्बर ४ बुधबारेमा दुर्घटनामा प¥यो ।
राती ९ बजे बिराटनगर बिमानस्थलमा राजालाई छाडेर फर्किँदै गर्दा बुधवारे चोकमा कारको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भयो १ जना घाईते भए ।
पूर्व  तर्फ जाँदै गरेको बा ३ च ७९६२ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाईकललाई राती ९ बजे ठक्कर दिएको थियो ।
कारको ठक्करबाट मोटरसाईकलमा सवार वर्ष २२ को हेम चौधरीको नोबेल अस्पताल बिराटनगर उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक ईटहरी उप–महानगरपालिका–८ बस्ने वर्ष २२ को प्रकाश चौधरीको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले जानकारी दिए ।
एसपीका अनुसार पुर्ब राजा चढेको गाडी नभई उनको सामान बोकेको भरिया कारले ठक्कर दिएको हो ।
उनी हिजो साँझ ६ बजेको श्रीएयरबाट फर्किएका हुन् । राजाको गाडीको भरिया गाडीका चालक दिपेन्द्र लम्साल प्रहरीको नियनत्रणमा रहेको एसपी केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्