खोला दोहन रोक्न प्रदेश सांसदको चासो, नियम विपरितको उत्खनन् रोक्न सरकारलाई दवाव

खोला दोहन रोक्न प्रदेश सांसदको चासो, नियम विपरितको उत्खनन् रोक्न सरकारलाई दवाव

[caption id="attachment_82329" align="alignnone" width="1024"] प्रदेश सभामा क्रसर समस्याकाे बारेमा शुन्य समयमा बाेल्दै प्रदेश सभा सदस्य सुयर्माराज राई ।[/caption]

विराटनगर, २८ चैत ।
प्रदेश सभामा हरेक दिन उठ्ने बिषय भनेको क्रसर र खोला जन्य बस्तुकाे  उत्खनन हाे । प्रदेश सभाको शुन्य समयमा झण्डै डेढ महिना देखि प्रदेश भा सदस्य सुयर्माराज राईले उठाएको एउटै बिषय हो नियम विरितको खोलाको उत्खनन् रोकिनु पर्ने।
बिहिवारको प्रदेश सभाको बैठकमा पनि सांसद राईले खाेला उत्खनन्काे बारेमा प्रदेश सरकारलाई पटक पटक जानकारी गराउँदा पनि प्रदेश सरकारले चासो नदिएको आरोप लगाए ।

राईले खोला दोहनको विषयमा सरकारलाई पटक पटक सदनबाट ध्यानाकर्षण गरे पनि सरकारले कान नसुनेको हो की आँखा नदेखेको हो भन्दै प्रश्न गरे ? सदनमा राईले बोल्न शुरु गर्न भन्दा पहिला नै त्यहाँका स्थानीय आन्दोलनमा रहेको नारावाजी सहितको आवाज सुनाएर बोल्न शुरु गरेका राईले जनताको मागलाई वेवास्ता गरेको समेत आरोप लगाए । राईले खोलानालाहरुमा ३६ हजार घनमिटर उत्खनन् गर्न वातावरणीय प्रभाव मूल्यांकन गरिएको भएपनि ४ लाख घनमिटर भन्दा बढी उठाउने गरेको राईले सदनमा सरकारलाई जानकारी गराए ।
‘बन क्षेत्र, बस्ती, नम्बरी जग्गा लगायतका क्षेत्रमा पनि मापदण्ड विपरित उत्खनन् भईरहेको छ, राईले भने, अहिलेको तत्कालको अबस्था छानविन गरी कडा कार्वाही गरियोस् ।’
बुधबारको बैठकमा मात्र पनि खोलामा हुने अबैध उत्खनन् रोक्न प्रदेश सरकारको ध्यानाकर्षण भएको थियो । प्रदेश सभा सदस्य कुलप्रसाद साम्बाले दोहनको विषयमा सरकारलाई चासो दिन ध्यानाकर्षण गराएका थिए । आफ्नो निर्वाचन क्षेत्रमा अत्याधिक खोला दोहन भएको धन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उर्लावारी नगरपालिकाको वडा नम्बर १ मा मात्र ५ वटा क्रसर उद्योग संचालमा रहेको बताउँदै २ वटा उद्योग चालू अवस्थामा र अन्य उद्योगहरु संचालनको तयारी शुरु भएसँगै  वडाअध्यक्ष, नगरपालिका तथा स्थानीय निकायबीचमा विवाद शुरू भएको जानकारी दिँदै तत्काल त्यसको अध्ययन गरी कार्वाही प्रक्रिया अगाडी बढाउन माग गरेका थिए ।
बस्ती, स्कुल तथा मन्दिरमा नै क्रसर संचालन हुनु भनेको नीति र ऐन विपरितको काम भएको उनको आरोप छ । साम्बाले उर्लाबारी क्षेत्रमा एउटै वडामा पाँचवटा सम्म क्रसर खोलिएको भन्दै यसको नियन्त्रण र्गा माग गरेका थिए ।
आजको को संसद बैठकमा कांग्रेस सांसद ज्योती सुब्बाले योजना दिँदा मन्त्रीहरुले विभेद गर्ने गरेको आरोप लगाइन् । उनले आफ्ना आसेपासेलाई मात्र योजना दिने गरेको आरोप लगाईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्