विराटनगर, २७ चैत । विराटनगर–७ स्थित कोशी अञ्चल अस्पताल अगाडि विराटनगरका दुई युवाले ४० लाख रुपैयाँको लगानीमा ‘टे«न्ड क्याफे एण्ड लाउन्ज’ संचालनमा ल्याएका छन् ।
शान्त र रमणिय वाताबरणमा रहेको क्याफे एण्ड लाउन्जको विराटनगस्थित विराटेश्वर वृद्धा आश्रमका जेष्ठ नागरिकहरूको उद्घाटनसँगै संचालनमा आएको हो । क्याफेका संचालक दिवस गिरीले आश्रम गएर वृद्धा जेष्ठ नागरिकलाई ल्याएर केक र रिवन काटेर क्याफेको उद्घाटन गराएका थिए ।
क्याफेमा सम्पूर्ण परिकारको कफीका साथै विभिन्न परिकारको खाना र खाजाहरू पाइने संचालक दिवस गिरीले जानकारी दिए । कोशी अञ्चल अस्पताल बाहिर चाहे अनुसारको होटल तथा क्याफे नभएका कारण क्याफे संचालनमा ल्याएको गिरीले बताए । उनले चाँडै लज पनि संचालनमा ल्याउने तयारी रहेको जानकारी दिए ।