छोरीलाई पटकपटक करणी गर्ने बाबु पक्राउ

<span class='c1'>छोरीलाई पटकपटक करणी</span> <span class='c2'>गर्ने बाबु पक्राउ</span>

चितवन, २९ चैत । पूर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । फरार रहेका खैरहनी नगरपालिकाका ३९ वर्षीय ती व्यक्तिलाई नुवाकोटबाट पक्राउ गरिएको हो ।

पक्राउ गरिएको उनलाई चितवन ल्याई अनुसन्धान शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनलाई नुवाकोटमा आफन्तको घरबाट पक्राउ गरिएको हो ।

 उनले आफ्नै १५ वर्षीया छोरीलाई पटकपटक करणी गरेको भन्दै छोरीले केही दिनअघि इलाका प्रहरी कार्यालय खैरहनीमा जाहेरी दर्ता गराएकी थिइन् । नुवाकोटबाट पक्राउ परेका उनलाई बिहीबार चितवन ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्