विराटनगरबाट ओलम्पिक टर्च नेपालगञ्ज पठाइयो, उत्कृष्ट नतिजा ल्याउन प्रदेश प्रमुखको शुभकामना

विराटनगरबाट ओलम्पिक टर्च नेपालगञ्ज पठाइयो, उत्कृष्ट नतिजा ल्याउन प्रदेश प्रमुखको  शुभकामना

विराटनगर, २९ चैत ।   वैशाख ५ गते नेपालगञ्जमा औपचारिक उद्घाटन हुने आठौँ राष्ट्रिय खेलकुदका लागि औपचारिक रुपमा विराटनगरबाट ओलम्पिक टर्च पठाइएको छ।

शुक्रबार शहिद रंगशालामा राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले ओलम्पिक टर्चमा द्वीप प्रज्वलन गर्दै उद्घाटन गरेका थिए।

सो क्रममा प्रदेश प्रमुख प्रा.डा. तुम्बाहाङले खेलकुदको सफलताका लागि प्रदेशबाट सहभागि खेलाडी तथा प्रशिक्षकहरुलाई उत्कृष्ट नतिजा ल्याउन शुभकामना दिएका थिए।

आठौँ राष्ट्रिय खेलकुदका विभिन्न विधाका खेल चैत २७ गतेदेखि सुरु भईसकेका छन्। यसअघि, विराटनगरको शहिद रंगशालामा सातौँ राष्ट्रिय खेलकुद २०७३ सालमा सम्पन्न भएको थियो। आठाैँ खेलकुदका लागि पूर्वओलम्पियन खेलाडी जितबहादुर केसी, मेनुका राउत, विमला राना र डम्बर लिम्बूले टर्च विराटनगरबाट ७ वटै प्रदेशमा घुमाउँदै लैजाने छन्।

कार्यक्रममा समाजिक विकासमन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, खेलकुदका पदाधिकारी तथा खेलाडीको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्