हरेक नेपालीको थाप्लोमा ३१ हजार बढी ऋण, ऋणको भार बढ्यो

हरेक नेपालीको थाप्लोमा ३१ हजार बढी ऋण,  ऋणको  भार बढ्यो

काठमाडौं,२९ चैत ।  हरेक नेपालीको थाप्लोमा कूल ऋण बढेर ३१ हजार ७ सय ५० पुगेको छ ।

महालेखा नियन्त्रक कार्यालयले शुक्रवार सार्वजनिक गरेको प्रतिवेदनको विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ सम्म नेपालको कूल ऋणको भार प्रतिव्यक्तिमा ३१ हजार ७ सय ५० पुगेको छ । आर्थिक वर्ष आर्थिक वर्ष २०७२/७३ मा प्रतिव्यक्ति ऋण २२ हजार १ सय २९ रुपैयाँ रहेकामा आव २०७३/७४ मा बढेर २४ हजार २ सय ७६ रुपैयाँ पुगेको थियो ।

हरेक वर्ष नेपालीको थाप्लोमा ऋणको भार बढ्दै गइरहेको छ । सरकारले ऋणको भार कम गर्न कुनै योजना ल्याएको देखिएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्