विराटनगरमा “नयाँ वर्ष २०७६” मा भारतीय डिजे ज्याजलिनदेखि प्रियंका कार्कीसम्म आउदै

विराटनगरमा “नयाँ वर्ष २०७६” मा भारतीय डिजे ज्याजलिनदेखि प्रियंका कार्कीसम्म आउदै

प्रेम देवान
विराटनगर २९ चैत्र । अग्रेजी महिनाको नयाँ वर्ष नेपालमा भव्य रुपमा मनाईन्छ तर जसरी अग्रेजी नयाँ वर्ष मनाईन्छ, नेपाली नयाँ वर्ष मनाउन खासै चासो दिएका भने पाईदैन । विराटनगरमा अन्य वेला नयाँ वर्ष जस्ता दर्जनौ साँगितक कार्यक्रम हुने गथ्र्यो तर पछिल्लो समय फाट्टफुट्ट मात्र हुन थालेको छ । तर पनि अहिले विभिन्न संघ सस्था , होटल तथा रेष्टुरा अनि व्यापारीक मलहरुले यसलाई निरन्तरता दिने भएका छन् ।
नेपाली नयाँ वर्ष शनिबार राती १२ वजेपछि सुरु हुदैछ । २०७५ लाई विदाई गर्दै शनिबार रातीदेखि नयाँ वर्षको आगमन हुदैछ । यसका लागी विराटनगरमा यस पटकको नयाँ वर्ष २०७६ सालको स्वागतलाई के के गरिदैछ त ? आज हामीले विराटनगरमा नयाँ वर्षमा हुन गईरहेको कार्यक्रमको बारेमा तपाईहरुलाई केही जानकारी दिन गहिरहेका छौ ।
सेन्ट्रल मलमा प्रियंका कार्कीदेखि भारतिय डिजे ज्याजलिन
विराटनगरमा भर्खरै संचालनमा आएको सेन्ट्रल मलमा नयाँ वर्षको अबसरमा भव्य मनोरञ्जनात्मक कार्यक्रम गर्दैछ । नयाँ वर्षको अवसरम नेपालकी चर्चित नायिका प्रियंका कार्की सहित भारतीय चर्चित डिजे ज्याजलिन र नेपालका डिजे सुर सहितको सांगीतिक कार्यक्रम हुने लागेको हो । सेन्ट्रल मलले चैत ३० गते र बैसाख १ गते भव्य रुपमा नयाँ वर्ष मनाउन लागेको छ ।
यसैविच बैसाख १ गते पप गायक एड्रिन प्रधान, रोहित जन क्षेत्री र डान्स ग्रुप काटुन क्रियूको समुह पनि आउँने सेन्ट्रल मलका मार्केटिङ अफिसर ओम घिमिरेले जानकारी दिए ।
पर्पलहेजमा शुभकामना साँझ २०७६
विराटनगर एयरर्पोट जानेबाटोमा रहेको पर्पलहेज रेष्ट्रो एण्ड गार्डेन होटलमा विशेष साँगितक कार्यक्रम हुदैछ । २०७६ नयाँ बर्षको अवसरमा चर्चित गायक आनन्द कार्की, प्रस्ना शाक्यको प्रस्तुति रहनेछ । त्यसैगरी नयाँ वर्षलाई थप मनोरन्जन प्रदान गर्न डिजे निरज र ग्रिन लिफ व्याण्डको प्रस्तुति रहेन कार्यक्रम संयोजक तथा नायिका ममता प्रधानले जानकारी दिईन् । कार्यक्रम बेलुका ७ बजेदेखि राती १२ बजे सम्म जारी रहने आयोजकले जनाएको छ ।
विग होटलमा नयाँ बषैसँगै बार्षिक उत्सव
विराटनगरको रोडशेषमा रहेको विग होटल संचालनमा आएको बैसाख १ गते एक बर्ष हुदैछ । विग होटलले बार्षिक उत्सवसँगै नयाँ बर्ष साँगितीक माहोलसँगै मनाउने तयारी गर्दैछ । नयाँ वर्षको अवसरमा होटलले चैत्र ३० गते बेलुका न्यू ईयर ईभ मनाउन लागिएको होटलका मार्केटिङ मेनेजर नरेस श्रेष्ठले जानकारी दिए । न्यू इयर इभमा गायक सुरज बानियाँ, द रिवाईन्ड व्याण्ड लगायतको प्रस्तुति रहने छ । साथै होटलले खाना तथा ड्रिङसमा १५ प्रतिसत छुटको व्यावस्था गरेको छ । यसैविच विराटनगरमा रहेका अन्य होटल तथा रेष्टुरामा विभिन्न कलाकारको उपस्थितीमा लाईभ म्युूजिक हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्