विराटनगरमा “मिस एसइइ मोरङ २०१९” को पहिलो अडिसन सम्पन्न

विराटनगरमा “मिस एसइइ मोरङ २०१९” को पहिलो अडिसन सम्पन्न

विराटनगर २९ चैत्र । ड्रिम्स मिडिया एण्ड इन्टरटेनमेन्टको आयोजनामा विराटनगरमा हुन लागेको ‘मिस एसईई मोरङ २०१९’ को पहिलो अडिसन आज विराटनगरको विग होटलमा सम्पन्न भएको छ ।
यस वर्षको एसइइ परीक्षा दिएर बसेका किशोरीहरूलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागेको ड्रिम्स मिडिया एण्ड इन्टरटेनमेन्टका इभेन्ट संचालक सुशिल घिमिरेले जानकारी दिए ।
‘बौद्धिकता सहितको सौन्दर्य’ मुल नाराको साथ हुन लागेको प्रतियोगिताको बिजेताले नगद ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै ज्योति लाइफ इन्स्योरेन्सले ५ लाख मुल्य बरावरको जीवन बिमा गरिदिने छ ।
प्रतियोगिताको फस्ट रनरअपले २० हजार र ४ लाख ५० हजारको जीवन विमा र सेकेण्ड रनरअपले १५ हजार सहित ३ लाखको जीवन विमा हुने इभेन्ट संचालक अर्जुन श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको विजेता, फस्ट रनरअप र सेकेण्ड रनरअप हुनेलाई विराटनगरको शिक्षादीप कलेजले छात्रवृति प्रदान गर्ने श्रेष्ठले बताए । आज भएको पहिलो अडिसनमा १० किशोरीहरुले अडिसन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्