मध्यरातमा सुनसरीमा कार–ट्याक्टर–बस दुर्घटनामा, तीन जनाको मृत्यु

<span class='c1'>मध्यरातमा सुनसरीमा कार–ट्याक्टर–बस दुर्घटनामा,</span> <span class='c2'>तीन जनाको मृत्यु</span>

सुनसरी, ३० चैत ।
सुनसरीको धरानबाट इटहरी तर्फ आँउदै गरेको कारले ट्याक्टर र बसलाई राती ११ बजे सेउती पुल नजिक ठक्कर दिदाँ तीन जनाको ज्यान गएको छ ।

धरानबाट इटहरी तर्फ आँउदै गरेको बा ४ च ४०७६ नम्बरको कारले सोही दिशाबाट आँउदै गरेको मे १ त ६६९२ नम्बरको ट्याक्टर र इटहरीबाट धरान तर्फ जाँदै गरेको को १ ख ४७६१ वसलाई ठक्कर दिदाँ कारमा सवार तीन जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा कार चालक, ट्याक्टर चालक गम्भिर घाइते भएका छन्, यस्तै ट्याक्टर चालक रामकुमार चौधरी पनि घाइते भएका छन् । दुवैको वीपी कोइराला स्वास्थय बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ज्यान जानेमा इटहरी ५का अनिल श्रेष्ठ, महालक्ष्मी नगरपालिका धनकुटा जनक वुढाथोकी र इटहरी ४ का मदन लिम्वुको घटनास्थलमै ज्यान गएको हो ।
बसमा सवार अन्य चार चना भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्