विराटनगरको धार्मिक शनि मन्दिर परिसर मै ढल र फोहोर (हेर्नुहोस् तस्बिर)

विराटनगरको धार्मिक शनि मन्दिर परिसर मै ढल र फोहोर (हेर्नुहोस् तस्बिर)

 

 

 

विवेक दाहाल

विराटनगर चेत ३० ,

भनिन्छ भगवान बस्ने ठाउँ सफा हुन्छ । हामी सबै भगवान् लाई पुजा गरेर मन सफा बनाउने प्रयत्न गर्छौ तर विराटनगरको लोकप्रिय शनि मन्दिर परिसरमा भने भगवान् नै फोहोरको विचमा बसेको अनुभुती हुन्छ । कारण , मन्दिर परिसरमा गरिएको फोहोर र ढल खुल्ला । मन्दिरको प्रवेश गर्ने   छेउ मै ढल तथा प्लास्टिक जन्य फोहोर फालिएका छन् ।

शनि मन्दिरमा सयौंको संख्यामा भक्तजनहरुको घुईचो लागेको हुन्छ तर न सरसफाइको क्षेत्रमा काम गरिरहेका संस्थाले वास्ता गरेका छन् न त विराटनगर महानगरपालिका कै आँखा त्यहाँ गएको छ । ढल तथा फोहोर सफा गर्न पहल भएपनि आलटाल हुदै आएको मन्दिर नजिकै पसल रहेका एक व्यापारी बताउँछन् ।

उनी भन्छन् "विराटनगर महानगरपालिकाको भन्दा पनि यहाँ मन्दिर छेउमा प्लास्टिक तथा फोहोर फाल्ने व्यक्ति दोषी छन्" । हप्तामा एक दुई दिन सफा गर्नुभन्दा बरु यस्को दिर्घकालीन समाधान खोज्नुपर्ने स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्