आज नयाँ वर्षको अवसरमा विराटनगरमा यी कार्यक्रम हुदैछन् छुटाउनु होला ?

आज नयाँ वर्षको अवसरमा विराटनगरमा यी कार्यक्रम हुदैछन् छुटाउनु होला ?

प्रेम देवान
विराटनगर ३० चैत्र । आज राती १२ बजेपछि २०७५ साललाई विदाई गरेर नयाँ वर्ष २०७६ सुरु हुदैछ । यसै अवसरमा विराटनगरमा नयाँ बर्षको अवसरमा एक दर्जन बढी साँगितिक कार्यक्रम हुदैछ ।
विराटनगरमा रहेका ठूला प्रतिष्ठित व्यापारिक मल तथा रेष्टुरा होटलहरुले नयाँको आगमनलाई मध्यनगर गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको उपस्थितीमा साँगितिक कार्यक्रम गरिदै छ ।
विराटनगरमा भर्खरै संचालनमा आएको सेन्ट्रल मलमा नयाँ वर्षको अबसरमा आज नेपालकी टप नायिका प्रियंका कार्की सहितको उपस्थितीमा साँगितिक कार्यक्रम गरिदैछ ।
उनको साथमा भारतीय चर्चित डिजे ज्याजलिन र नेपालका डिजे सुर , स्थानिय भाईरल हुड डान्स ग्रुपका कलाकारहरुको टिम सहित सांगीतिक कार्यक्रम हुने जनाईएको छ । आज साँझ ७ बजेदेखि हुन लागेको कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएका सेन्ट्रल मलका संचालक प्रकास मुन्दडाले जानकारी दिए । यसैविच बैसाख १ गते देखि एक महिना सम्म सेन्ट्रल मल शुभारम्भ २०७६ नाम दिएर विभिन्न काक्र्रक्रम गर्ने जनाएको छ । सेन्ट्रल मलमा भोली बैसाख १ गते पप गायक एड्रिन प्रधान, रोहित जन क्षेत्री र डान्स ग्रुप काटुन क्रियूको समुहले आफ्नो प्रस्तुती दिईने जनाएको छ । नयाँ वर्षलाई थप मनोरन्जन प्रदान गर्न विराटनगरमा रहेको पर्पलहेज रेष्टो एण्ड गार्डेन होटलमा विशेष साँगितक कार्यक्रम हुदैछ । २०७६ नयाँ बर्षको अवसरमा चर्चित गायक आनन्द कार्की, प्रस्ना शाक्यको प्रस्तुति रहनेछ । त्यसैगरी नयाँ वर्षलाई थप मनोरन्जन प्रदान गर्न डिजे निरज र ग्रिन लिफ व्याण्डको प्रस्तुति रहेन कार्यक्रम संयोजक तथा नायिका ममता प्रधानले जानकारी दिईन् ।
यता विराटनगरको रोडशेषमा रहेको विग होटलले पनि साँगितिक कार्यक्रम पस्कदैछ । विग होटलले बार्षिक उत्सवसँगै नयाँ बर्ष साँगितीक माहोलसँगै मनाउने तयारी गर्दैछ । नयाँ वर्षको अवसरमा होटलले न्यू ईयर ईभ मनाउन लागिएको होटलका मार्केटिङ मेनेजर नरेस श्रेष्ठले जानकारी दिए । न्यू इयर इभमा गायक सुरज बानियाँ, द रिवाईन्ड व्याण्ड लगायतको प्रस्तुति रहने छ । साथै होटलले खाना तथा ड्रिङसमा १५ प्रतिसत छुटको व्यावस्था गरेको छ ।
यसैविच नमस्कार होटलमा पनि अन्र्तराष्ट्रिय कलाकारहरुको उपस्थितीमा नयाँ वर्षलाई लक्षित गर्दै ह्याप्पी विगिनिङ डान्स युद्धको ग्राण्ड फिनाले हुदैछ । न्यु क्लीयर डान्स ग्याङ्ग तथा भाईरल डान्स स्टुडियोको संयुक्त आयोजनामा आज कार्यक्रमको फाईनल हुदैछ ।
यसका लागी भारतीय विभिन्न डान्स रियालीटी सोहरुमा सहभागिता जनाईसकेका अजय अग्रवाल, अंकित डि.रोवो, चाउ ईन लाई, प्रिंयकी पटेल र अपुरभ सावन्त आएका छन् । आज उनीहरुको नमस्कार होटलमा प्रस्तुति रहने छ । साथै आदा दर्जन कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । नयाँ वर्षलाई थप मनोरन्जन प्रदान गर्न विराटनजगरको अतिथी सदनमा फन फिष्टा हुदैछ । नेपाल माडवडी ब्रlमान युवा मन्चले आयोजना गर्न लागेको फन फिष्टामा ,डिजे पार्टी, फुड स्टल, वि– व्याईङ, विट बक्सीङ र हाँउस तवला जस्ता कार्यक्रम हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्