नयाँ वर्षकै दिन बस दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु

नयाँ वर्षकै दिन बस दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु

सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा रिजर्भ बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

नयाँ वर्षकाे पहिलाे बिहानीमै आज भएकाे साे दुर्घटनामा ज्यान गुमाएका र घाईते भएका अधिकांश सुनसरी र मोरङ जिल्लाका रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुर हुन् ।

उनीहरु काठमाडाैँबाट बा ३ ख १३१८ नम्बरको सुन्दरीमाई यातायातकाे बस रिजर्भ गरेर नयाँ वर्षकाे अवसरमा घर फर्किँदै गर्दा दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरीको ज्यान गएको ईलाका प्रहरी कार्यालय लालबन्दीका इन्सिपेक्टर किरण न्यौपानेले जानकारी दिए ।

दुर्घटनामा ज्यान गुमाएकाहरु सुनसरी र मोरङ जिल्लाका रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका ३१ जनामध्ये ४ जनाकाे अपस्था गम्भीर रहेकाे छ, उनीहरुलाई थप उपचारका लागि विराटनगरतर्फ लगिएको छ । सामान्य घाईतेहरुको भने लालबन्दीका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्