विमान दुर्घटनाा अपडेट : जहाजमा पाइलट र को–पाइलट मात्र थिए

विमान दुर्घटनाा अपडेट : जहाजमा पाइलट र को–पाइलट मात्र थिए

सोलुखुम्बु – तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । जहाजमा पाइलट र को–पाइलट मात्र थिए ।

 

 

प्रहरीका अनुसार पाइलटको मृत्यु भएको छ । पाइलटको पहिचान भइसकेको छैन् । को–पाइलट एस ढुंगाना च्यापिएको अवस्थामा भेटिएका थिए । उनको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

यस्तै मृत्यु हुनेमा पर्यटक प्रहरी असई राम बहादुर खड्का रहेका छन् । विमानस्थल सुरक्षाका एकजना असई रुद्र बहादुर श्रेष्ठ घाइते भएका छन् । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बताएको छ ।

पार्किङ गरी राखिएको हेलिकप्टरसँग काठमाडौंका लागि उड्न लागेको समिट एयरको विमान धावनमार्गबाट चिप्लिएर ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए ।

प्रत्यक्षदर्शी जीतबहादुर कार्कीका अनुसार विमान ठोक्किएलगत्तै आगो लागेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्