नयाँ बर्ष अफर : विराटनगरको सेन्ट्रल मलमा अफरै अफर, एक महिनासम्म साँस्कृतीक माहौल

नयाँ बर्ष अफर :  विराटनगरको सेन्ट्रल मलमा अफरै अफर, एक महिनासम्म साँस्कृतीक माहौल

विराटनगर, १ बैशाख । विराटनगरको मेनरोडमा रहेको सेन्ट्रल मलमा एक महिनाको लागि अफैरै अफर योजना ल्याएको छ । आजदेखि शुरु हुने योजना एक महिनासम्म संचालन हुने सेन्ट्रल मलले जनाएको छ ।

नयाँ बर्षको अबसरमा सेन्ट्रल मलले छुटको अवसर सहित वैशाख महिनाभर विभिन्न कार्यक्रम संचालन गरेको हो । सेन्ट्रल मल शुभारम्भ २०७६ को नाममा ग्राहका लागि प्रत्येक दिन लक्की ड्र गराउने, प्रत्येक हप्ता र महिनाको अन्तिम दिन बम्पर उपहार वितरण गर्ने जनाएको छ ।
महिनाको अन्तिम दिन १ हजारको सामान किन्ने ग्राहकका लागि १ जनालाई यामाहाको स्कुटर, १ जनालाई यमाहाको मोटरसाईकल र १ जनालाई युरोप टुरको हवाई टिकट दिने गरी बम्पर उपहार योजना घोषणा गरेको हो ।
यस्तै प्रत्येक हप्ता १ जनालाई टिभी÷वासिङ मेसिन प्रदान गर्ने र प्रत्येक दिन लक्की ड्र मार्फत १ जनालाई मोबाइल र विराटनगर–काठमाडौंको हवाई टिकट, ५ जनालाई २ हजार बराबरको नगद भौचर प्रदान गर्ने र १० जनालाई सेन्ट्रल मल्टिप्लेक्सको फ्रि टिकट उपलब्ध गराउने मलका डाइरेक्टर प्रकाश मुन्दडाले जानकारी दिए ।
संचालनमा आएको १ महिनाको अवधिमा १० लाखले महलको अवलोकन गरेको र ७ करोड बराबरको कारोबार भएको बताउँदै मुन्दडाले वैशाख महिनाभरमा १५ लाख ग्राहकले अवलोकन गर्ने अपेक्षा गरेको बताए ।
वैशाख महिनाभर हरेक शनिबार दिउँसो २ बजेपछि राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको सांगीतिक कार्यक्रम समेत हुने उनको भनाई छ । पहिलो स्ट्रिट लेन डिजाइनको सेन्ट्रल मल विराटनगरका विशिष्ट औद्योगिक घराना विशाल ग्रुप, देवेनरा ग्रुप र हाइलाईफ ग्रुपको १ अर्ब लगानीमा संचालनमा आएको हो ।
तीन तले संरचनामा निर्माण भएको मलमा सेनेमा हल, सुपर मार्केट, रेष्टुरेन्ट, गेमिङ जोन रहेको छ । यस्तै मलमा ५ सय बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्