नयाँ वर्ष विकास र समृद्धिको जग बसाउने वर्ष : मुख्यमन्त्री राई

नयाँ वर्ष विकास र समृद्धिको जग बसाउने वर्ष : मुख्यमन्त्री राई

विराटनगर,१ बैशाख ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७६ विकास र समृद्धिको जग बसाउने स्मरणीय बर्षको रुपमा रहने बताएका छन् ।

नयाँ बर्ष २०७६ सालको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले विकास र समृद्धिका लागि सबैले आ—आफ्नो क्षेत्रबाट योगदान पु¥याउन अपिल समेत गरेका छन् ।
प्रदेशमा भएका स्रोत, साधन र प्रचूर प्राकृतिक सम्पदालाई समुचित प्रयोग गर्दै प्रदेशलाई समृद्ध एंव समुन्नत वनाउने दायित्व आफ्नो काँधमा आएको बताउँदै मुख्यमन्त्री राईले विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानलाई तीव्रता दिन उनले सबैमा अपिल गरेका छन् ।
नयाँ बर्षको अवसरमा मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ उत्साह र उमङ्ग सहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
नयाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हाँसिल गर्ने नयाँ सोच, शैली र स्पष्ट गन्तव्यसहित अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद र उपलब्धिमूलक बन्न सकोस भन्ने कामना गर्दछु, मुख्यमन्त्री राईको शुभकामना सन्देशमा भनिएको छ ।
देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमण समाप्त भएको भन्दै राईले आर्थिक—सामाजिक रुपान्तरणसहित समृद्धितर्फको यात्रालाई तिब्र गतिमा अगाडि बढाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउने सबैको साझा जिम्मेवारी र दायित्व रहको उल्लेख गरेका छन् ।
वर्ष २०७५ साल संविधान र संघीयता कार्यान्वयनको महत्वपूर्ण एवम् प्रदेश सरकारको लागि महत्वपूर्ण आधार निर्माण गर्ने वर्षको रुपमा रहेको मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ । सन्देशमा भनिएको छ, ‘भर्खरै र पहिलो पटक गठन भएको प्रदेश सरकार प्रदेशको आर्थिक सामाजिक रुपान्तरण सहित आम जनताको जीवनस्तर सुधार गर्दै विकास र समृद्धि प्राप्त गर्न दृढ संकल्पित रहेको विश्वास दिलाउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्